‘नेपाली पत्रकारिता र तामाङ पत्रकार’ विषयक अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
धनकुटा । तामाङ पत्रकार संघ धनकुटाले आफ्नो २० ओै स्थापना दिवसको अवसरमा ‘नेपाली पत्रकारिता र तामाङ पत्रकार’ विषयक अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
संघका जिल्ला अध्यक्ष चन्द्रमाया तामाङको अध्यक्षता तथा नेपाल तामाङ घेदुङका निवर्तमान केन्द्रिय सदस्य लालचन गोङवा तामाङको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सहभागिहरुले पत्रकारिताको अवस्था,वृद्धि विकास र तामाङ समुदायलाई पुर्याइरहेको योगदानका विषयमा चर्चा गरेका थिए ।
तामाङ पत्रकार संघका केन्द्रीय सदस्य तथा प्रदेश ईन्चार्ज मालाती मोक्तान, नेपाल तामाङ घेदुङका जिल्ला अध्यक्ष पेमा लामा, फोनिज प्रदेश अध्यक्ष सन्तविर लामा, प्रेस सेन्टर कोशिप्रदेश सचिव ईस्वर थापा, किरात राई पत्रकार संघका केन्द्रिय सदस्य नरेन्द्र कश्चित, पाख्रीबास नगरपालिका वडा नं ७ का वडाअध्यक्ष देवेन्द्र तामाङ लगायले कार्यक्रममा आ आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा पाख्रीबास वडा नं ९ का वडा सदस्य पहलमान घिसिङ , समाजसेवी वुद्विजीवि यज्ञ घिसिङ , सेर्पा संघका फुर्दुकी शेर्पा ,कवि केजी सुब्बा लगायतको उपस्थित थियो । स्वागत मन्तव्य संघका जिल्ला उपाध्यक्ष जनु तामाङले राख्नु भएको थियो ।


