स्थानीय तहको साथले उत्साहित मटिहानीका किसान

महोत्तरी, २२ मङ्सिर : खेती लगाउने बेला बीउ पाएपछि मटिहानी नगरपालिकाका गहुँ खेती गर्ने किसानलाई राहत मिलेको छ । खेती लगाउने बेला नगर कार्यपालिकाको कृषि शाखाले बीउको गहुँ उपलब्ध गराएपछि नगरक्षेत्रका किसानले राहत महसुस गरेका हुन् ।

“खेतीका बेला बीउ, मल नपाएर हैरान भइन्थ्यो, पछिल्ला दुई/तीन वर्षदेखि समयमै पाइएको छ”, मटिहानी–९ सिमरदहीका किसान गोपाल मण्डलले भन्नुभयो, “यति सुविधाले पनि धेरै सजिलो महसुस गरेका छौँ ।” नगर कार्यपालिकाको कार्यालयले नगरक्षेत्रका नौ सय किसानलाई १० किलोग्राम उन्नत जातको गहुँको बीउ उपलब्ध गराइएको जनाएको छ । यो परिमाण करिब चार कठ्ठा जग्गालाई पुग्ने बीउ भएको कृषि शाखाका प्रमुख टङ्कप्रसाद उपाध्यायले बताउनुभयो ।

किसान मण्डलजस्तै सो बस्तीकै राजेश चौधरी, मटिहानी–५ का रामकुमार यादव र राजेश महतोले पनि समयमा गहुँको बीउ पाएपछि दुःखसुखमा हेर्ने निकाय नगरपालिका रहेछ भन्ने पर्ने गरेको बताउनुभयो ।

मटिहानी नगर कार्यपालिकाले आफ्नो क्षेत्रको कृषि उत्पादन बढाउन विभिन्न मौसमी बालीको समयमा बीउ, मलदेखि अन्य प्रविधिसमेत किसानलाई सुविधा दिँदै आएको जनाएको छ । “हाम्रो नगरको मुख्य आधार नै कृषि हो, त्यसैले विभिन्न बाली लगाइने बेला किसानका लागि खासखास प्याकेजको सहयोग गर्दै आएका छौँ”, नगर प्रमुख हरिप्रसाद मण्डल भन्नुहुन्छ, ।

नगर कार्यपालिकाको कार्यालयले पछिल्ला तीन÷चार वर्षयता निरन्तर कृषि प्रवद्र्धनमा जोड दिँदै आएको किसानले बताएका छन् । धान, गहुँँ र मौसमी तरकारीको बीउ समयमा पाउँदा निकै राहत मिलेको मटिहानी–५ का किसान नागेन्द्र यादव बताउनुहुन्छ ।

नगर कार्यपालिकाको कार्यालयले यसअघि स्यालोट्युबवेल जडान गरी ३० किसानलाई मोटर पम्पसेट उपलब्ध गराएको थियो । यसले हलुका सिँचाइमा हुने बाली हुर्काउन सहज भएको किसानको भनाइ छ । “स्यालोट्युबवेल जडान र मोटर पम्पसेट भएपछि हलुका सिँचाइमा हुने बाली लगाइन पाइने भएको छ”, मटिहानी–२ का किसान जैश शेषले भन्नुभयो, “यतिले पनि गरेर खान बाटो दियो ।”

नगरका नौवटै वडाका बस्तीमा वैकल्पिक सिँचाइ व्यवस्थाका लागि आवेदन गरेका किसानलाई स्यालोट्युबवेल जडान र मोटर पम्पसेट खरिदमा नगर कार्यपालिकाको कार्यालयले कूल लागतमा ८५ प्रतिशत र सम्बन्धित किसानले १५ प्रतिशत रकम लगाएका थिए । यसैगरी नगर कार्यपालिकाको कार्यालयले यसअघि फलपूmल रोपण, मखान बजार व्यवस्थापन सहयोगी सामग्री, दाईं गर्ने यान्त्रिक उपकरण र कृषि ज्यावल किसानलाई उपलब्ध गराएको थियो ।

नगर कार्यपालिको कार्यालयले पछिल्ला पाँच वर्षयता बर्सेनि मौसमअनुसार बाली लगाउन बीउ, कृषि ज्यावल, जैविक मलसहितका सामग्री दिँदै आएको छ । यो क्रमले आपूmहरुजस्ता गरिब किसानलाई निकै राहत मिलेको मटिहानी–६ का मेराज अन्सारीको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।