सहिदभूमिमा यसरी गरियो गांजाको बोट नष्ट
धनकुटा । धनकुटाको सहिदभूमि गाउंपालिकामा गांजाको बोट नष्ट गरिएको छ ।
अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका गाँजाका बोटहरु नष्ट गरिएको प्रहरीले जनाएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८० अर्न्तगत गाँजाका बोट नष्ट गर्ने अभियान अनुसार मंसिर २२ गते खटिएको प्रहरी टोलिले शहिदभूमि गाउँपालिका वडा नं-१,३ र ६ बाट ४० रोपनी जग्गामा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका २१,९५० गाँजाका बोट नष्ट गरेको हो ।


