उदयपुरमा धमाधम जग्गा नापजाँच हुँदै

कटारी, २३ मङ्सिर : उदयपुरको कटारी नगरपालिका–१ कालीखोला गाउँबाट जग्गा नापी सुरु भएको छ । राष्ट्रिय भूमि आयोग उदयपुरका अध्यक्ष बलबहादुर तामाङका अनुसार पहिलो चरणमा ऐलानी जग्गाको नापी सुरु भएको हो ।

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित ढङ्गले बसोबास गरेकाहरूलाई नापजाँच गरेर जग्गाधनी प्रमाणपत्र प्रदान हुने अध्यक्ष तामाङले राससलाई बताउनुभयो । यसपटक कटारी नगरभित्रका सबै वडाको जग्गा नापी गरिने नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले बताउनुभयो । नापी सुरु भएपछि भूमिहीनहरूमा पुनः उत्साह थपिएको छ । “नापीको काम सुरु भएको छ यसपटक समस्या समाधान हुने आशामा छौँ,”भूमि अधिकारमञ्च कटारीका अध्यक्ष बालकृष्ण थापाले भन्नुभयो ।

कटारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीले नगरभित्र जग्गा नापीको काम सुरु भएकाले अव भने भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थितले लालपुर्जा पाउने गरी काम अघि बढेको बताउनुभयो । उदयपुरमा कटारीबाहेक बेलका, चौदण्डीगढी, त्रियुगा नगरपालिकामा जग्गा नापजाँच भइरहेको आयोगको उदयपुर कार्यालयले जनाएको छ ।

रौतामाई गाउँपालिकामा पनि जग्गा नापी सुरु भएको आयोगका अध्यक्ष तामाङले बताउनुभयो । जिल्लामा जग्गा नापीको कामलाई तीव्रता दिएको बताउँदै उहाँले सबै स्थानीय सरकारसँगको सहकार्यमा नापीको काम पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।