आफैँले बोकेको भरूवा बन्दुकको छर्रा लागेर मृत्यु

काठमाडौँ, २४ मङ्सिर : पाल्पाको निस्दी गाउँपालिका–४ मित्याल गाङसिङडाँडाका ४८ वर्षीय डम्मरबहादुर सारुको आफैँले बोकेको भरूवा बन्दुकको छर्रा लागेर मृत्यु भएको छ ।

फापर खान बारीमा आएका दुम्सीलाई मार्न जाने क्रममा चिप्लिएर लडी आफैँले बोकेको बन्दुक पड्केर छर्रा लागेको थियो । गएराति छर्रा लागेर घाइते भएका सारुको रामपुर अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको नेपाल प्रहरी प्रधान कार्यालयबाट प्रकाशित दैनिक समाचार बुलेटिनमा जनाइएको छ ।

इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले निस्दि–४ सपाङ्दीगैरास्थित खरबारीको अम्रिसो घारीमा एकनाले भरुवा बन्दुक एक थान र झोला बरामद गरेको छ । घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।