अर्थतन्त्रमा देखिएको समस्या तत्काल समाधान गर्नु पर्छ : पूर्व मन्त्री तथा सांसद राई
धनकुटा,२४ मंसिर । पूर्व भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री तथा सांसद राजेन्द्र कुमार राई ले नेपालको अर्थतन्त्रलाई लयमा फर्काउन आवश्यक भएको बताउनु भएको छ ।
धनकुटामा ७५ औं मानव अधिकार दिवसको अवसरमा धनकुटामा मानव अधिकारको अवस्था बिषयक अन्र्तकृया कार्यक्रमा बोल्दै पूर्व मन्त्री राईले नेपालको अर्थतन्त्रमा समस्या देखिएको बताउँदै यो समस्यालाई छिटो भन्दा छिटो व्यवस्थापन गर्नु पर्ने बताए ।
गरिबीका कारण समेत मानव अधिकार उलंघनका घटना हुने बताउँदै उहाँले आर्थिक रुपले जनतालाई सक्षम बनाएमा गरिबीका कारण हुने मानव अधिकार उलंघनका घटनामा कमी आउने बताउनु भयो साथै उहाँले नेपालको अर्थतन्त्र असहज अवस्थामा पुगेको बताउँदै अर्थतन्त्रकै कारणले अहिलेको अवस्था सिर्जना भएको धारण समेत राख्नु भयो ।


