धनकुटामा एक महिलाको शव फेला
धनकुटा । धनकुटा नगरपालिका वडा नं १ घट्टेखोलामा आज एक महिलाको शव फेला परेको छ ।
प्रहरीका अनुसार ओक्मालुङ र कैलेनीको वीचमा पर्ने घट्टे खोलामा अन्दाजी ३०-३५ वर्षको जस्तो देखिने महिलाको शव फेला परेको हो । स्थानियले शव देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
त्यसपछि धनकुटा नगरपालिकाका १ नं वडाध्यक्ष ओङदा तामाङ सहित प्रहरीको टोली गएर हेर्दा ढुङ्गाको चेपमा शव फेला परेको थियो । छ्यत विछ्यत अवस्थामा फेला परेको उक्त शवको पहिचान खुल्न नसकेको वडाध्यक्ष तामाङले वताउनु भयो ।
कानुनी प्रक्रिया पुरा गरि शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा पठाईएको प्रहरीले जनाएको छ ।


