धनकुटाका पत्रकार लम्जेल सम्मानित
धनकुटा,२५ मंसिर । मानव अधिकार मञ्च नेपाल इलामले प्रदान गर्दै आएको मानव अधिकार वर्ष पुरस्कार २०८० ले धनकुटाका पत्रकार हरिबहादुर लम्जेल सम्मानित भएका छन् ।
लम्जेललाई अन्तराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आइतबार नगद १० हजार, प्रमाण पत्र सहित पुरस्कृत गरेको हो । धनकुटा नगरपालिका वडा नम्बर ७ निवासी लम्जेल नेपाल पत्रकार महासंघ धनकुटा शाखाका सचिव तथा अन्नपूर्ण दैनिक र एपी वान टेलिभिजनका सम्वाददाता हुन ।
प्रत्येक वर्ष मानव अधिकारको क्षेत्रमा कलम चलाउँने एक सञ्चारकर्मीलाई अन्तराष्ट्रिय मानव अधिकार दिवसका दिन पुरस्कार दिदै आएको मानव अधिकार मञ्च नेपाल इलामका अध्यक्ष मोहनसिंह थेबेले जानकारी गराए ।
लम्जेललाई मानव अधिकारका क्षेत्रमा बालबालिका, महिला, जातीय विभेद, शिक्षा, स्वाथ्य, किसान, प्रकृतिक प्रकोप तथा मानवीय पीडाका क्षेत्र, विदेसिनुको पीडाका क्षेत्रमा ढेड दशकदेखि निरन्तर पेशागत लेखनको सम्मान स्वरूप पुरस्कार दिन योग्य भएको मञ्चका कार्यकारी निर्देशक देबेन्द्र विश्वकर्माले बताए ।


