छथर जोरपाटी ४ का किसानलाई मिनिटिलर वितरण
धनकुटा,२५ मंसिर । गोरु जोते गरिने खेतीलाई विस्थापित गर्न र आधुनिक प्रविधीको प्रयोग गरि कृषिलाई व्यावसायिक गर्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले मिनि टिलर वितरण गरेको छ ।
कुनै समय खाद्य तथा फलफुल वालिका लागि कहलिएको गाउँपालिकाको वडा न ४ मा पछिल्लो समय भएको तिव्र बसाई सराइ र जनशतिm नहुदाँ कृषि कर्म छोड्दै गएका स्थानिय लाई व्यावसायीक बनाउँनका लागि कृषि पकेट कार्यक्रम अन्र्तगत पहिलो चरणमा वडाक ४ वटा टोल लाई हाते ट्याक्टर वितरण गरिएको छथर जोरपाटी गाउँपालिका वडा न ४ का वडा अध्यक्ष टेक बहादुर तामाङ्गले जानकारी दिनु भयो ।
कुनै समय छथर जोरपाटी गाउँपालिकाको कर्णाली भनेर चिनिने यो स्थान अहिले धनकुटा सदरमुकाम बाट पक्की सडक संजालमा जोडिए संगै यहाँका खेती योग्य जमिन लाई सदुपयोग गर्दै तरकार खाद्य बाली, फलफूल संगै पशुपालन लाई समेत मध्ये नजर गर्दै गाउँपालिकाले काम गरि रहेको र त्यसको पहिलो चरणमा किसान लाई खेत बारी जोत्नका लागि मिनिटिलर अनुदानमा वितरण गरिएको छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र बहादुर सुब्बाले बताउनु भयो ।


