पर्यटकीय क्षेत्र गाजाको दह पुग्ने सडकको दुरावस्था

ढोरपाटन (बागलुङ), २६ मंसिर : बागलुङको गाजाको दह गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा छ । हरेक वर्ष यहाँ हजारौँ पर्यटक पुग्छन् । जैमिनी नगरपालिका, गलकोट नगरपालिका र काठेखोला गाउँपालिकाको सीमानामा पर्ने गाजाको दह उच्च पहाडमा रहेको हुँदा आन्तरिक पर्यटकको रोजाईमा पर्छ । तर यहाँ पुग्नका लागि राम्रो सडकको पहुँच नहुँदा यहाँ पुग्ने पर्यटक तथा स्थानीयले वर्षैदेखि सास्ती खेप्दै आएका छन् ।

बागलुङको सिङ्गो दक्षिण भेगलाई जोड्ने गरी निर्माण भएको बागलुङ–सिगाना–बरेङ सडकको ट्रयाक खुलेको एक दशक बितिसक्दा पनि स्तारोन्नति हुनुसकेको छैन । यस सडकलाई बागलुङ निर्वाचन क्षेत्र नम्बर १ को गौरवको आयोजनाका रुपमा राखिएको छ । बागलुङ बजारदेखि सिगानासम्मको सडकलाई स्तरोन्नति गर्न थालिए पनि सिगानादेखि बरेङसम्मको खण्ड भने जोखिमपूर्ण छ ।

गाजाको दह सिगाना र बरेङबीचमा पर्ने हुँदा यहाँसम्म जोडिने सडक स्तरोन्नति हुन सकेको छैन । यही सडक भएर जैमिनी नगरपालिका–३ दमेक र बरेङ गाउँपालिकाका नागरिक दैनिक सदरमुकाम बागलुङ बजार आउजाउ गर्छन् । जोखिमपूर्ण सडक कै कारण गाजाको दह पुग्ने पर्यटक पनि घट्न थालेका छन् । सिगानादेखि गाजाको दहसम्मको सडक स्तरोन्नतिका लागि स्थानीयले बारम्बार माग गरे पनि सुनुवाई हुनसकेको छैन ।

बर्खामा हिलो र हिउँदमा धुलोले पर्यटकसमेत आजित बनेका छन् । दर्जनौँ हिमश्रृङ्खलाको दृश्य अवलोकन, ग्रामीण जनजीवन बुझन र उच्च पहाडको हावापानीसँग स्वादन गर्नका लागि यहाँ ओइरिने पर्यटक सडकको दुरावस्थाका कारण घट्न थालेको जैमिनी नगरपालिका–३ का प्रेमबहादुर विकको भनाइ छ ।

पहिले–पहिले दैनिक पर्यटक आउने गरे पनि अहिले निकै कम आउन थालेको उहाँको भनाइ छ । उहाँले आफूहरु दैनिक यही सडक भएर सामान किनमेल र कामकाजका लागि बजार झर्ने भन्दै सडकमा भएको धुलो र ठूलाठूला खाल्डाखुल्डीले यात्रालाई असहज बनाएको गुनासो गर्नुभयो । लामो समयसम्म पनि सडक नबन्दा गाउँमा आउने पाहुना र गाजाको दहमा आउने पर्यटक बढाउन नसकिएको विकले बताउनुभयो । नेताहरुले स्तरोन्नति गर्ने आश्वासन दिए पनि बजेट विनियोजन गरेर काम गर्न भने नसकेको उहाँको भनाइ छ ।

विकले भन्नुभयो, “यो सडक निकै साँघुरो छ, हिलो र धुलोको त झन् के कुरा गरौँ, भनिनसक्नु छ, जङगलबीच हुँदै आएको छ सडक, बर्खामा भत्किएपछि गाउँलेलेनै खनेर बनाउँछन्, सुरुमा ट्रयाक खोलेदेखि अहिलेसम्म एकपटक पनि सम्याउने, नाली निर्माण गर्ने काम भएको छैन, केही फराकिलो बनाएर नाली निर्माण ग िदिए त सहज हुन्थ्यो तर कसको ध्यान जाने ?”

बरेङ गाउँपालिका–२ का मीनबहादुर थापाले यो सडक स्तारोन्नति गर्न नसक्दा धेरैले ज्यान गुमाउनु परेको समेत सुनाउनुभयो । सडक साँघुरो भएका कारण समय–समयमा दुर्घटना हुने गरेको उहाँको भनाइ छ । बजार पुग्ने मुख्य सडक भएकाले दैनिक सयौँ मान्छे यही बाटो भएर यात्रा गर्ने थापाले बताउनुभयो । स्थानीय, प्रदेश र केन्द्र सरकारसँग सडक स्तरोन्नतिका लागि माग गरे पनि सुनुवाई नभएको उहाँको गुनासो छ ।

बागलुङ बजारदेखि सिगानासम्मको सडक निर्माणको जिम्मा कर्ण बिल्डर्सले धमाधम गरेको थियो । तर पछिल्लो समय भुक्तानी नपाएपछि काम रोकिएको छ । तीस महिनाको अवधि पाएको निर्माण कम्पनीले हालसम्म ४५ प्रतिशत बढी काम गरेको छ । भुक्तानी नपाएपछि करिब छ महिनादेखि काम रोकिएको हो ।

निर्माण कम्पनीका प्रमुख नविन गुरुङले गत वर्ष गरेको कामको रु साढे दुई करोड अहिलेसम्म पाउन नसक्दा काम रोक्न बाध्य भएको बताउनुभयो । निर्माणका लागि सडक डिभिजन कार्यालयसँग रु २९ करोडको सम्झौता गरेको काम सुरु गरेको भन्दै हालसम्म रु साढे नौ करोडभन्दा बढीको काम गरेको उहाँको दाबी छ । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।