गिद्ध संरक्षणको सन्देश दिन नाटक

गण्डकी, २६ मङ्सिर : पोखरामा जारी अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवमा प्रदर्शित नाटक ‘मौन पक्षी ः प्रकृतिको वरदान’ले पक्षीप्रेमी दर्शकको मन जित्यो । पोखरा वन विज्ञान अध्ययन संस्थानका विद्यार्थीले अभिनयमार्फत सङ्टापन्न पक्षी गिद्ध संरक्षणको सन्देश दिए ।

पक्षी संरक्षण सङ्घ, पोखरा शाखाका संयोजक प्रवेश पाण्डेले महोत्सव अवधिभर तीनपटक नाटक प्रदर्शन गरिएको बताउनुभयो । प्रकृतिको कुचिकार भनेर चिनिने गिद्धको संरक्षणमा जुट्न समुदायलाई प्रेरित गर्ने उद्देश्यले नाटक प्रदर्शन गरिएको उहाँको भनाइ छ ।

“गिद्ध संरक्षणमा चुनौती के–के हुन्, तिनको सामना गरेर कसरी गिद्धलाई जोगाउन सकिन्छ भन्ने नाटकको मुख्य विषयवस्तु रहेको छ”, संयोजक पाण्डेले भन्नुभयो, “नवलपुरमा हुने राष्ट्रिय चरा महोत्सवलगायत अरू मञ्चमा पनि नाटक प्रदर्शन गर्ने हाम्रो तयारी छ ।”

नाटकको कथा लेखन र निर्देशन आफैँले गरेको संयोजक पाण्डेले सुनाउनुभयो । नाटकमा अभियन गर्ने कलाकार पक्षी संरक्षण सङ्घमा समेत आबद्ध छन् । उनीहरु चरा संरक्षणको अभियानमा क्रियाशील छन् । गिद्धका लागि उपयुक्त बासस्थान मानिने पोखरामा नेपालमा पाइने अधिकांश प्रजातिका गिद्ध पाइने संयोजक पाण्डेले बताउनुभयो ।

“सन् १९९० को दशकमा लाखौँको सङ्ख्यामा रहेको गिद्ध बीचमा एकाएक लोप हुने अवस्थामा पुगेको थियो, सरकार र समुदायस्तरबाट संरक्षणको पहल भएपछि अहिले फेरि गिद्धको सङ्ख्या बिस्तारै बढ्दो क्रममा छ”, संयोजक पाण्डेले भन्नुभयो, “हानिकारक विषादी, विद्युतीय तारबाट जोगाउने र बासस्थानको सुरक्षा गर्न सकियो भने गिद्ध संरक्षणमा ठूलो टेवा पुग्छ ।”

घरपालुवा पशुचौपायाको उपचारमा प्रयोग गरिने ‘डाइक्लोफेनेक’ नामक औषधिका कारण व्यापक सङ्ख्यामा गिद्धहरु मरेको पाइएपछि सरकारले उक्त औषधिमा रोक लगाएको उहाँले उल्लेख गर्नुभयो । “डाइक्लोफेनेक औषधि खुवाइएका पशुचौपायाको सिनो खाँदा गिद्धको मिर्गाैलामा असर गर्ने अनुसन्धानबाट पुष्टि भएपछि उक्त औषधिको प्रयोगमै रोक लगाइको छ”, संयोजक पाण्डेले भन्नुभयो, “नाङ्गा विद्युतीय तारमा बस्दा पनि गिद्धहरु मरेको पाइएको छ, गिद्धको बासस्थान पनि खुम्चँदै गएको छ ।”

गिद्ध ठूला र अग्ला सिमलका रूखमा बस्न रुचाउने हुँदा त्यस्ता रूख मानिसबाट जोगाउनुपर्ने उहाँको भनाइ छ । विज्ञहरुका अनुसार पश्चिम नेपालको तराई र मध्यपहाडको वन गिद्धको उपयुक्त बासस्थान मानिन्छ । नेपालमा हाडफोर, सेतो डङ्गुर, सानो खैरो, खैरो, हिमाजी, राज, सुन र लामो ठुँडे गरी नौ प्रजातिका गिद्ध पाइने संयोजक पाण्डेले बताउनुभयो ।

तीमध्ये डङ्गुर, सानो खैरो, सुन र लामो ठुँडे गिद्ध अतिसङ्कटापन्न, सेतो गिद्ध सङ्कटापन्न, हिमाली, हाडफोर गिद्ध सङ्कटको नजिक र खैरो गिद्ध सामान्य अवस्थामा रहेको बताइन्छ । पोखरा वन विज्ञान संस्थानकी विद्यार्थी आयुषा बोगटीले पर्यावरण र पक्षी संरक्षण अभियानको सदस्य बन्न पाउँदा गौरव लागेको बताउनुभयो ।

अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवमा गिद्ध संरक्षणको मुद्दालाई नाटकका माध्यमबाट समावेश गरिएको उहाँको भनाइ छ । “गिद्धलाई प्रकृतिको कचिकार पनि भनिन्छ, वातावरण प्रदूषण र दुर्गन्ध रोक्न पनि गिद्धको ठूलो भूमिका रहन्छ”, अभियानकर्मी बोगटीले भन्नुभयो, “सिनोबाट फैलिने पखाला, हैजा, आउँ जस्ता रोग नियन्त्रणमा पनि गिद्धले सहयोग पु¥याउँछ ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।