धनकुटामा पक्राउ परेका पहिचान पक्षधार नेता,कार्यकर्तालाई तत्काल विना शर्त रिहाई गर्न माग
धनकुटा । धनकुटाको लेगुवाबाट हिजो पक्राउ परेका पहिचान पक्षधार नेता,कार्यकर्तालाई विना शर्त तत्काल रिहाइको माग गरिएको छ ।
किरात राई यायोक्खा जिल्ला कार्य समिति धनकुटा र किराया नगर कार्य समिति धनकुटाद्वारा बेग्ला-बेग्लै प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ परेकाको तत्काल रिहाइको माग गरेका हुन् ।
यदि मागलाई सम्बोधन नगरिए जस्तोसुकै कदम चाल्न वाध्य हुने र त्यसको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने समेत विज्ञप्तिमा उल्लेख छ ।
प्रदेशको नाम खारेजीको आन्दोलनको क्रममा आव्हान गरिएको कोशी प्रदेश बन्दका लागि शान्तिपूर्ण आन्दोलनको क्रममा जिल्लाको लेगुवाबाट किराँत राई यायोख्खाका अध्यक्ष उद्धवमणि राई, किराँत याक्थुम चुम्लुङ्गका जिल्ला अध्यक्ष कमल सिं तिगेला, किराँत राई यायोख्खा पाख्रीवास नगर समितिका अध्यक्ष जितेन्द्र माङ्गपाङ्ग, प्रदेश नं १ पून नामांकन संयुक्त संघर्ष समिति संखुवासभा संयोजक विरेन्द्र छारा राई, किरात राई यायोख्खा संखुवासभाका सचिव उमा कुमारी राई, पतित कुलुङ्ग राई, जुद्ध राई र सोकुल राईलाई पक्राउ गरिएको थियो ।
हेर्नुहोस् विज्ञप्ति :




