थलथले बजार खानेपानी उपभोक्ता समितिको अध्यक्षमा मान बहादुर
नरेन्द्र कश्चित,धनकुटा । सहिदभूमि गाउँपालिका वडा नं ६ थलथले बजार खानेपानी उपभोक्ता समितिको अध्यक्षमा मान बहादुर राई सर्वसम्मत चयन हुनु भएको छ ।
थलथले बजार खानेपानी उपभोक्ता समितिको आज सम्पन्न प्रथम साधारणसभाले मान बहादुर राईलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
यसैगरि उपाध्यक्षमा रण कुमार राई,सचिवमा गंगाराम राई,कोषाध्यक्षमा हेमा राई,सदस्यमा नरेन्द्र राई,यज्ञ राई,हेमन्त राई,नन्द कुमारी राई,भोला शंकर सर्वसम्मत चयन गरिएको थलथले बजार खानेपानी उपभोक्ता समितिका निर्वाचित अध्यक्ष मान बहादुर राईले जानकारी दिनु भयो ।
साधारणसभाले थलथले वजार खानेपानी उपभोक्ता समितिले विगतदेखि हालसम्मको करिब ३५ लाख ६० हजार ७ सय ८४ रुपैया बराबरको आयव्यय समेत प्रस्तुत गरि सर्वसम्मत अनुमोदन गरेको छ ।
थलथले वजार खानेपानी उपभोक्ता समिति २०७५ साल भदौ २ गते देखि सहिदभूमि गाउँपालिका वडा नं ६ थलथले बजारमा लिफ्टिङ प्रणालीबाट खानेपानी संचालन गरेको हो ।१ सय ९ घरधुरी शेयर सदस्यहरुबाट आफ्नै रकमले खानेपानीको लागि मुल र जग्गा खरिद गरि हाल १ सय ५१ धारा जडान गरिएकोमा १ सय ४५ धारा चालु रहेको सचिव गंगाराम राईले बताउनु भयो ।


