सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान धनकुटाको तेस्रो साधारण सभा सम्पन्न
धनकुटा,२९ मंसिर । धनकुटामा सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान धनकुटाको तेस्रो साधारणसभा सम्पन्न भएको छ । शुक्रबार प्रतिष्ठानले एक कार्यक्रमको आयोजना गरीे तेस्रो साधारण सभा सम्पन्न गरेको हो ।
कार्यक्रकामा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी पण्यविक्रम पौडेलले दिप प्रज्वल गरी कार्यक्रमको उद्घाटन गरेका थिए । साधारण सभामा प्रतिष्ठानका सचिब रोशन अमात्यले सांगठानिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
पूर्व प्रदेश सांसद लिला सुब्बा, भीम दल गणका प्रमुख सुमन थापा, सहिद सरोकार समाज धनकुटाका अध्यक्ष तिलकप्रसाद राई, मिसाखल धनकुटा अध्यक्ष रेणु श्रेष्ठले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको संचालन कृष्णभागत श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता शहीद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानका अध्यक्ष इश्वर बहादुर श्रेष्ठले गर्नु भएको थियो ।


