आज र भोलि कोशी प्रदेश भरि यातायात बन्दको आव्हान
धनकुटा । प्रदेश नं १ पुन: नामाकन संयुक्त संघर्ष समितीले प्रदेश नं १ भर यातायता बन्दको आह्वान गरेको छ ।
राज्यले आफुहरुको मागलाई बेवास्ता गरी जनताको भावनालाई कुल्चिने काम गरेको भन्दै मंशिर ३० र पौष १ गते प्रदेश भर यातायत बन्दको आह्वान गरेको हो ।
प्रेस विज्ञप्ति जारी गर्दै संघर्ष समितीले कोशी नाम खारेज गर्नपर्छ भन्ने जनताको भावना कदर गरि मंशिर २६ देखी मध्य पहाडी मार्ग बन्दको कार्यक्रमलाई सफल पार्न निस्केका पहिचान पक्षधर नेता कार्यकर्तालाई विभिन्न जिल्लाबाट पक्राउ गरि तीन दिन सम्म पनि नछाडेका हुँदा बाध्य भएर प्रदेश १ भर यातायात बन्दको आह्वान गर्न बाध्य भएको संघर्ष समितीले जनाएको छ ।
समितीले कोशी नाम खारेजी बारे प्रदेश सभा र सरकारले पहल गर्न तथा पक्राउ परेकाहरुलाई नछाडे अनिश्चितकालिन बन्द घोषणा गर्न बाध्य हुने विज्ञप्ति मार्फत भनेको छ ।
भोजपुर, धनकुटा, खोटाङ, संखुवासभा, उदयपुर, तेहथुम सहितका जिल्लाबाट पक्राउ परेका ३५ जना नेता कार्यकर्तालाई विनाशर्त छाड्ने भनिएपनि अहिलसम्म नछाडेको, झुटो मुद्धा लगाउने, अमानविय तरिकाले गिरफ्तार गर्ने गरिएको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै कोशी नाम पुन: नामाकण संघर्ष समिती धनकुटाले पनि धनकुटाबाट पक्राउ परेका पहिचानवादीहरुको रिहाईको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।
समितीका सहसंयोजक सरकुमारी आठपहरियाले ज्ञापन पत्र बुझाउनुभएको हो । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले पक्राउ परेकाहरुलाई निकाल्न पहल गर्ने बताउनु भएको ।
यसैवीच धनकुटामा बन्दको खखासै प्रभाव नपरेको जनाईएको छ । अहिले जिल्लामा यातायतका सवारी साधनहरु निर्वाध रुपमा चलिरहेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।


