नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ धनकुटाको वडा अधिवेशन पौष २१ देखि शुरु

धनकुटा । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ धनकुटाको वडा अधिवेशन पौष २१ गतेदेखि शुरु गर्ने निर्णय गरेको छ ।

आज बसेको महासंघको बैठकले केन्द्रको निर्देशन बमोजिम पौष २१ गते धनकुटा जिल्लाको ६० वटै वडामा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो ।

वडा,पालिका,निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन सम्पन्न गर्नको लागि नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका कोषाध्यक्ष हिरा देवि आठपहरीयाको संयोजकत्वमा ७ सदस्यीय आर्थिक व्यवस्थापन उपसमिति समेत आजको बैठकले निर्माण गरेको महासंघका जिल्ला सभापति नरेन्द्र राईले बताउनु भयो ।

वडा अधिवेशन सम्पन्न साधारण सदस्यता रसिद,विधान र महासंघको मुखपत्र आदिवासी आवाज समेत पालिका संयोजकहरु चौविसेका कुमार लिङथेप याक्खा,साँगुरीगढीका रिवज राई,पाख्रिवासका चकेन्द्र राई,सहिदभुमिका पदम राई,महालक्ष्मीका प्रदिप तुम्बा,छथरजोरपाटीका गजहाङ्ग लिम्बू र धनकुटा नगरपालिकाका भोगेन्द्र राईलाई हस्तान्तरण गरिएको महासंघ सचिव गजम घिसिङ्गले जानकारी दिनुभयो ।

कोशी प्रदेश नामाङ्कनको विषयमा हाल उठिरहेको जनसंघर्षलाई सहमति,सहकार्य र शान्तिपुर्वक ढंगबाट बहस छलफलको वातावरण तयार गरि निकास तर्फ अघि बढ्न सरोकारवालाहरुलाई आव्हान समेत बैठकले गरेको छ ।साथै धनकुटा जिल्लामा पक्राउ परेका आदिवासी जनजाति अभियान्तहरुलाई बिना शर्त रिहा गर्न समेत सरकारसँग माग गरेको छ ।

महासंघको केन्द्रले निर्देशन बमोजिम वडा अधिवेशन पौष २१ गते,पालिका अधिवेशन माघ ६ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन माघ २१ गते,जिल्ला अधिवेशन फागुन १९ गते सम्पन्न गर्ने आजको बैठकमा निर्णय गरिएको छ ।पार्टीका सबै वडा सभापति,पालिका सभापति,क्षेत्रीय सभापति, जिल्ला सभापति,पदाधिकारी लगायत सदस्यहरुले आवश्यक सहयोग र सहजिकरण गरि महासंघको अधिवेशन सम्पन्न गर्न अपिले समेत बैठकले गरेको छ ।

बैठकमा महासंघका केन्द्रीय सदस्य रमेश इवाहाङ्ग,नेपाली कांग्रेसका जिल्ला सचिव विजय सन्तोषी राई,नेपाल तरुण दलका केन्द्रीय सदस्य तिलक बहादुर महत लगायतको उपस्थिति थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।