राम्रो काम गर्नेलाई समाजले अनन्तकालसम्म सम्झिरहन्छ ः मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले असल काम गर्नेहरु भौतिक रुपमा नरहे पनि समाजले अनन्तकालसम्म सम्झिरहने बताउनु भएको छ ।

आबाल ब्रम्ह्राचारी बालागुरु षडानन्द प्रतिष्ठान विराटनगरले आयोजना गरेको सम्मान समारोहलाई सम्बोधन गर्दै मेयर कोइराला समाजका लागि राम्रो काम गर्नेहरु सधैं जीवन्त रहने विचार व्यक्त गर्नुभयो । बालागुरु षडानन्दले राम्रो काम गरेकै कारण १८९ वर्षपछि पनि समाजले सम्झिरहेको उहाँको दाबी थियो । मेयर कोइरालाले षडानन्दले शिक्षा, धर्म, संस्कृति र समाज सुधारका क्षेत्रमा उल्लेखनीय कार्य गरेको स्मरण गर्नुभयो ।

“आवाल ब्रम्ह्राचारी बालागुरु षडानन्द जन्मिएको १८९ वर्षपछि पनि हामी सम्झिरहेका छौं, उहाँका गुनगान गाइरहेका छौं,” मेयर कोइरालाले भन्नुभयो, “यदि उहाँले राम्रो काम नगरेको भए आज हामी सम्झँदैनथ्यौं ।
सो अवसरमा मेयर कोइरालाले षडानन्दका अनुयायी तथा शिक्षासेवी केदारप्रसाद गौतम र समाजसेवी बद्रीप्रसाद पहाडीलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

गौतमलाई ११ हजार १११ रुपैयाँ राशिले सम्मान गरिएको थियो । कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष वासुबहादुर बस्नेत, प्रतिष्ठानका अध्यक्ष कोमलकृष्ण अधिकारी, उपाध्यक्ष रमेश चापागाईं, नेपाली कांग्रेस वडा नम्बर ३ का सभापति धर्मेन्द्र बानिया, षडानन्दका शोधकर्ता सुदीप अधिकारीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।