ताप्लेजुङमा पुसे महोत्सव

फुङ्लिङ (ताप्लेजुङ), १ पुस : ताप्लेजुङमा आजदेखि पुसे स्वर्ण महोत्सव आरम्भ भएको छ । मेरिङदेन र आठराईत्रिवेणी गाउँपालिको सङ्गमस्थल दोभान बजारमा मेला सुरु भएको हो ।

मौलिक संस्कृतिको संरक्षण, पर्यटन र कृषि क्षेत्रको प्रवद्र्ध्न गर्ने उद्देश्यले दोभान स्पोर्टिङ क्लब तथा पुसे मेला स्वर्ण महोत्सव व्यवस्थापन समितिको संयुक्त पहलमा महोत्सव आयोजना गरिएको हो । महोत्सव यही पुस ५ गतेसम्म चल्नेछ । समितिका अध्यक्ष हेम सिरिङ चोङबाङका अनुसार ५० वर्षदेखि ताप्लेजुङको दोभानमा लाग्दै आएको पुसे मेलामा यसवर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडीको सहभागितामा अन्तर जिल्ला क्लबस्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुँदैछ ।

प्रतियोगिताको विजेताले रु तीन लाखका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । उपविजेतालाई रु एक लाख ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । सेमिफाइनल प्रवेश गर्ने टोलीलाई रु ५० हजार पुरस्कार प्रदान गरिने समितिका अध्यक्ष चोङबाङले जानकारी दिनुभयो । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई रु १० हजार तथा उत्कृष्ट सर्भर, डिफेन्डर, ब्लकर, सटर, उदयीमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई जनही रु पाँच हजार प्रदान गरिने छ । महोत्सवमा ब्याडमिन्टन प्रतियोगितासमेत आयोजना गरिएको छ ।

महोत्सव स्थल वरपर रहेका फुङफुङगे झरना, गुराँसे पोखरी, तोक्पेगोला, लोदेन क्षेत्रसहितका पर्यटकीय स्थलको पर्यटन प्रवद्र्धन गरिने अध्यक्ष चोङबाङले बताउनुभयो । यसका साथै तमोर नदीमा ¥याफ्टिङसमेत गर्न पाइने छ । महोत्सवबाट धान नाच, पालम र हाक्पारेसहित मौलिक महत्व बोकेका सांस्कृतिक सम्पदाका प्रवद्र्धनमासमेत सघाउ पुग्ने उहाँको भनाइ छ । मेला अवधिभरमा विभिन्न गायक तथा कलाकारको प्रस्तुती रहनेछ ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।