उदयपुरबाट १३ किलो अवैध गाँजा सहित १ जना पक्राउ
उदयपुर । उदयपुरबाट १३ किलो अवैध गांजा सहित १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा उदयपुरको बेलका नगरपालिका ९ भचुवाका २१ बर्षिय रविन राई रहेका छन् ।
राईले आफ्नै ग्वालीमा उक्त गांजा लुकाएर राखेको अवस्थामा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले फेला पारेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।


