ताप्लेजुङका सामुदायिक विद्यालयलाई सघाउँदै युडब्ल्युएस

फुुङ्लिङ (ताप्लेजुङ), ३ पुस : युनाइटेड वल्र्ड स्कुल नेपाल (युडब्ल्युएस)ले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयलाई सघाउँदै आएको छ । यो संस्थाले ताप्लेजुङसहित तीन जिल्लाका ग्रामीण क्षेत्रका विद्यालयको गुणस्तर सुधार तथा भौतिक संरचना निर्माणमा सघाउँदै आएको हो ।

विगत दुई वर्षदेखि ताप्लेजुङका तीन स्थानीय तहलाई कार्यक्षेत्र बनाएर सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्दै आएको उक्त संस्थाले हालसम्म पाँचवटा समुदायिक विद्यालयको भवन निर्माणसम्पन्न गरेको छ । अबको तीन वर्षमा ताप्लेजुङमा १५ वटा सुविधासम्पन्न भवन निर्माण गर्ने योजना रहेको संस्थाका अध्यक्ष खेमराज खड्काले राससलाई बताउनुभयो । आगामी पाँच वर्षभित्र ताप्लेजुङ, सङ्खुवासभा र गुल्मीमा ९० वटा सामुदायिक विद्यालय भवन निर्माण गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय भवन, आकर्षक कक्षाकोठा, प्रविधिसहितको प्रशिक्षण, खेलकुदलाई संस्थाले प्राथमिकतामा राखेको छ ।

संस्थाले तीन जिल्लाका ७६ वटा विद्यालयमा पाँच सय नौवटा कक्षाकोठा निर्माण गरिसकेको जनाएको छ । विद्यालय शिक्षा सुधार अभियानअन्तर्गत सङ्खुवासभामा ५३, गुल्मीमा १८ र ताप्लेजुङमा पाँचवटा विद्यालय निर्माण भएका छन् । अभियानबाट तीन जिल्लाका १३ हजार नौ सय २८ बालबालिका लाभान्वित भएको संस्थाले दाबी गरेको छ ।

बेलायत सरकारको सहयोगमा आगामी पाँच वर्षसम्म यो कार्यक्रम निरन्तर कार्यान्वयनमा ल्याउने सो अवधिभित्रमा साझेदार दातृ निकायसँगको समन्वयमा कार्यक्षेत्र विस्तारसहितका योजना अघि बढाइने अध्यक्ष खड्काले बताउनुभयो ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।