जालपादेवी माध्यमिक विद्यालय पाख्रिबासले मनायो ६४ औँ वार्षिकोत्सव

धनकुटा ।धनकुटा जिल्लाको पाख्रिबास नगरपालिका वडा नम्बर ४ मा रहेको जालपादेवी माध्यमिक बिद्यालयले आफ्नो ६४ औं वार्षिकोत्सब तथा अभिभावक भेला आज सम्पन्न गरेको छ ।

कार्यक्रमलाई प्रमुख अतिथि पाख्रिबास नगरपालिकाका प्रमुख ज्ञान बहादुर गुरुंगले पानसमा बत्ती बालेर उद्घाटन गर्नु भएपछि विद्यालयका सह-प्रधानाध्यापक देउता थापाले स्वागत मन्तब्य राख्नु भएको थियो साथै विभिन्न वडाका वडा अध्यक्ष,बैक प्रतिनिधि,स्कुल सम्बद्द अभिभावक संघ साथै बिद्यार्थीहरुको तर्फबाट स्वीकृति राईले स्वागत मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक निर्मल रिमालले बिद्यालयको आर्थिक तथा शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा बिद्यालयमा अक्षय कोष स्थापनार्थ बिद्यालयका पूर्व प्रधानअध्यापक तथा बिब्यास अध्यक्ष भट्टराई दम्पत्तिद्वारा रु १ लाखको चेक बिद्यालयका प्रअ रिमाललाई हस्तान्तरण गर्नु भएको थियो ।

त्यसैगरि उक्त बिद्यालयमा कार्यरत शिक्षक,कर्मचारीद्वारा आर्थिक रुपमा अति विपन्न बिद्यार्थीहरुलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको “अति विपन्न बिद्यार्थी सहयोग कोष” मार्फत बिद्यार्थीलाई सहयोग प्रदान गरिएको सहयोग सामाग्री नपाका उपप्रमुख देउजाले वितरण गर्नु भएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल भट्टराईको सभापतित्वमा संचालित कार्यक्रमका प्रमुख अतिथि नपाका प्रमुख गुरुंग रहनु भएको थियो भने विशेष अतिथिका रुपमा नपाका उपप्रमुख नम्रता देउजा लगायत वडा अध्यक्षहरु,विभिन्न संघ-संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बिद्यार्थी साथै शिक्षक-शिक्षिकाको समूहले नृत्य समेत प्रस्तुत गरेका थिए । बार्षिकोत्सवको अवसर पारेर संचालन गरिएका विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रतियोगी,टीमलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमको संचालन विद्यालयका शिक्षक किशोर कुमार राईले गर्नु भएको थियो ।

नमुना माबिको रुपमा स्थापित यस बिद्यालयमा एक स्कुल एक नर्स अन्तर्गत स्टाफ नर्स र स्कुल बस सहित संचालन गरि सेवा प्रदान गरिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।