पर्यटकलाई लोभ्याउन घरबास सञ्चालकलाई तालिम

गोरखा, ४ पुस : लाप्राकमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउन उत्तरी गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकस्थित एकीकृत नमूनाबस्तीका घरबास सञ्चालकहरुलाई घरबास सञ्चालनसम्बन्धी तालिम प्रदान गरिएको छ । गाउँपालिका र जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाबीचको साझेदारीमा घरबास सञ्चालकहरुलाई उद्यमशीलता सीप विकास कार्यक्रमअन्तर्गत सीपमूलक तालिम प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो ।

घरबासका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकलाई स्वागत सत्कारसँगै स्थानीय उत्पादनका परिकार बनाएर खुवाउन सिकाउने उद्देश्यले गुप्सी नमूनाबस्ती सामुदायिक घरबासका सञ्चालकलाई सातदिने तालिम प्रदान गरिएको उहाँले बताउनुभयो । “स्थानीय उत्पादनका पनि मीठा मीठा परिकार बनाएर पाहुनालाई सेवा गर्न सकिन्छ तर तालिमको अभाव समस्या हुँदै आएको थियो”, उहाँले भन्नुभयो, “यो तालिमबाट घरबासमा आउने पर्यटकको मन कसरी लोभ्याउने भन्ने जानकारी प्राप्त गरेका छन् ।”

तालिममा १९ जनाको सहभागिता रहेको थियो । पाहुनाका लागि स्थानीय परिकारहरुमार्फत खुशी बनाउन सके स्थानीय उत्पादनको बिक्री पनि हुने र सञ्चालकले पनि राम्रो आम्दानी गर्न सक्ने भएकाले सीपमूलक तालिम प्रदान गरिएको उहाँको भनाइ छ । । तालिममा सहभागीहरुलाई गुप्सीपाखाको आलुका विभिन्न परिकारका बनाउन समेत सिकाइएको थियो । गुप्सीपाखाको आलु लोकप्रिय मानिन्छ ।

सहभागीलाई प्रशिक्षकहरु सुरेश बास्तोला र राजकुमार लामिछानेले तालिम प्रदान गर्नुभएको थियो । प्रशिक्षकहरुले घरबास सञ्चालकहरुलाई गुणस्तरीय खानाका साथै पाहुनाका लागि बसोबास व्यवस्थापन बारेमा समेत जानकारी प्रदान गरेका थिए । तालिमबाट घरबासको व्यवस्थापनका साथै नीतिगत बिषयमा समेत जानकारी प्राप्त गरेको गुप्सी नमूना होमस्टे सञ्चालक समितिका अध्यक्ष दलवीर गुरुङले जानकारी दिनुभयो ।

तालिम सञ्चालनका लागि गाउँपालिकाको ६४ प्रतिशत र नेपाल पर्यटन बोर्डको ३६ प्रतिशतको लागत साझेदारी रहेको थियो । तालिमको समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले तालिममा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो । गोरखाको एक पर्यटक गन्तव्यका रुपमा रहेको लाप्राकमा रहेको एकीकृत नमूनाबस्ती हेर्न र त्यहाँको मनोरम दृश्यको अवलोकनका लागि पर्यटकहरु गुप्सीपाखा पुग्ने गर्दछन् । पर्यटकीय हिसाबले प्रशस्त सम्भावना रहेको धार्चे गाउँपालिकाले घरबास प्रवद्र्धनलाई पनि जोड दिँदै आएको छ ।
–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।