इलाममा सुत्केरीलाई पोषण र मृतकका परिवारलाई दाहसंस्कार खर्च

फिक्कल (इलाम), ४ पुस : इलामको देउमाई नगरपालिकाले सुत्केरीलाई पोषण भत्ता र मृतकका परिवारलाई दाहसंस्कार खर्च उपलब्ध गराउँदै आएको छ ।

सुत्केरी शिशु पोषण व्यवस्थापान कार्यक्रमअन्तर्गत गत आव २०७९/८० मा नगरभित्रका तीन सय १२ जना सुत्केरीलाई रू पाँच हजारका दरले रू १५ लाख ६० हजार पोषण भत्ता वितरण गरिएको नगरपालिकाका लेखा अधिकृत गजेन्द्र येक्तेनले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आवको पहिलो त्रैमासिकमा मात्र एक सय १० जना सुत्केरीले पोषण भत्ता लिएका छन् ।

पहिलो त्रैमासिकमा सुत्केरीले पोषण भत्ताबापत रू पाँच लाख ५० हजार खर्च भएको येक्तेनले जानकारी दिनुभयो । “पोषण भत्ता पाउनका लागि नगरभित्र स्थायी बसोबास भएका, कुनै पनि स्वास्थ्य संस्थामा चारपटक गर्भजाँच गरेका र ३५ दिनभित्र वडा कार्यालयमा जन्मदर्ता गराएको प्रमाण पेस गरेको हुनुपर्ने छ”, उहाँले भन्नुभयो ।

गर्भवती भएदेखि सुत्केरी भएको ३५ दिनभित्रका आमा र बच्चालाई उत्प्रेरणा र पोषण स्थितिका साथै आमा र बच्चाको स्वास्थ्य सुधार गर्नका लागि कार्यक्रम ल्याइएको नगरप्रमुख सूर्य पोख्रेलले बताउनुभयो । “सुत्केरी आमा र नवजात बच्चालाई गुणस्तरीय स्वास्थ्य सेवासम्बन्धी सकरात्मक सन्देश प्रवाह गर्नका लागि उक्त कार्यक्रम लागू गरिएको हो”, उहाँले भन्नुभयो ।

सुत्केरी पोषण भत्ता एक महिलालाई दुईवटा बच्चा वा दुईपटक प्रसूति सेवासम्म मात्र उपलब्ध गराइने नगरप्रमुख पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाले चालु आवमा यस कार्यक्रमका लागि रू २० लाख विनियोजन गरेको छ ।

त्यस्तै, पालिकाले कुनै पनि कारणबाट मृत्यु भएका मृतकका परिवारलाई दाहसंस्कार खर्चबापत रू पाँच हजार उपलब्ध गराउँदै आएको छ । दाहसंस्कार खर्च वितरणसम्बन्धी कार्यविधि पारित गरी मृतकका परिवारलाई दाहसंस्कार खर्च वितरण गर्दै आएको नगरप्रमुख पोख्रलले बताउनुभयो । उहाँका अनुसार गत आवमा नगरभित्रका एक सय ९० जना मृतकका परिवारलाई दाहसंस्कार खर्च उपलब्ध गराइएको छ ।

दाहसंस्कारबापत गत वर्ष रू नौ लाख ५० हजार खर्च भएको लेखा अधिकृत येक्तेनले जानकारी दिनुभयो । उहाँका अनुसार दाहसंस्कार खर्च लिनका लागि मृतक नगरभित्र स्थायी बसोबासी भएको र ३५ दिनभित्र वडा कार्यालयमा मृत्युदर्ता गरी प्रमाण पेस गर्नुपर्ने प्रावधान रहेको छ ।

चालु आवको पहिलो त्रैमासिकमा ८९ जना मृतकका परिवारले दाहसंस्कार खर्चबापत रू चार लाख ४५ हजार वितरण गरिएको येक्तेनले बताउनुभयो । उहाँका अनुसार चालु आवमा दाहसंस्कार खर्चका लागि रू २० लाख विनियोजन गरिएको छ ।

नगरपालिकाले ‘ग’ श्रेणीका अपाङ्गता भएका व्यक्तिलाई मासिक रू पाँच सयका दरले भत्ता उपलब्ध गराउँदै आएको छ । गत आवमा ८१ जना ‘ग’ श्रेणीका अपाङ्गता भएका व्यक्तिलाई रू पाँच हजारका दरले रू चार लाख ४६ हजार वितरण गरिएको नगर कार्यालयले जनाएको छ । चालु आवमा भने १० जना थपिएका छन् । नगरपालिकाले चालु आवमा ‘ग’ श्रेणीका अपाङ्गता भएका व्यक्तिलाई भत्ताका लागि रू पाँच लाख विनियोजन गरेको छ ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।