पर्यटकीय संभावना बोकेको रानीताल ओझेलमा
धनकुटा,४ पुष । पर्यटकीय संभावना रहेको धनकुटाको चौविसे गाउँपालिकाको राजारानीमा रानी ताल प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ ।
बाह्रै महिना चिसो र शान्त मौसम रहने चौबिसे गाउँपालिकाको प्रमुख पर्यटकीय क्षेत्र भए पनि रानीताल प्रचार प्रसारको अभावमा ओझेलमा परेको हो । धनकुटाको चौविसे गाउँपालिकामा–६, स्थित राजारानी बजार छेउमा रहेको रानीताल आन्तरिक तथा बाह्य पर्यटकको अवलोकन र मनोरञ्जनका लागि उपयूतm भए पनि यो ताल ओझेलमा रहेको छ ।
आन्तरिक तथा बह्य पर्यटकलाई ताल सम्म आकर्षित गर्न अहिले भने मोटरबोट सञ्चालनमा ल्याईएको छ । पूर्वकै पर्यटकीय क्षेत्र भेडेटार आएका आन्तरिक तथा बाह्य पर्यटक राजारानीमा पुग्ने गरेका र प्रचार प्रसारमा समेत सहयोग मिलेकै समयमा विश्वव्यापी रुपमा फैलिएको कोरोनाको कारणले थलिएको पर्यटन फेरी उकास्ने र प्रचार प्रसारको लागि काम भई रहेको संरक्षण समितिका कोषाध्यक्ष काजीमान लिम्बूले जानकारी दिए ।
राजारानी सहित चौबिसे गाउँपालिका भित्र रहेका सबै पर्यटकिय क्षेत्रको विकास र पर्यटकीय क्षेत्र लाई जोड्नका लागि गाउँपालिकाको तर्फ बाट योजनाबद्ध रुपमा काम भई रहेको चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङ्गले जानकारी दिनु भयो ।
त्यस्तै चौबिसे गाउँपालिकाले ताल किनार व्यवस्थित बनाउने काम गरिरहेको जनाएको छ । प्रदेश र संघीय सरकारको सहयोगमा गाउँपालिकाले बजेट विनियोजन गरेर ताल लगायत यस क्षेत्रको पर्यटन लागि लाई आकर्षक बनाउने काम गरिरहेको गाउँपालिका अध्यक्ष चेम्जोङ्गले बताउनु भयो ।


