हात्तीको आक्रमणबाट झापामा वडा कार्यालय सहयोगीको मृत्यु

अर्जुनधारा (झापा), ४ पुस : जङ्गली हात्तीको आक्रमणमा परी झापामा आज वडा कार्यालय सहयोगीको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट हल्दिबारी गाउँपालिका–२ का कार्यालय सहयोगी ५५ वर्षीय पाथल राजवंशीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीका अनुसार बिहानै घुम्न निस्किएपछि राजवंशी सम्पर्कविहीन हुनुभएको थियो । घर नफर्किएपछि परिवारका सदस्यहरुले उहाँको खोजी गर्दा घर नजिकैको नालामा मृत फेला पर्नुभएको थियो ।

जिल्ला वन डिभिजन कार्यालय र प्रहरीको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको छ । राजवंशीको शव परीक्षणका लागि मेची प्रादेशिक अस्पताल लगिएको छ । गत मङ्सिरमा पनि हल्दिबारी र दमकमा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।