पांचथरमा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

पाँचथर, पुस ५ । पाँचथरको कुम्मायक गाउँपालिका- १ गैरीगाउँका ८३ बर्षीय चन्द्रमान तामाङको हत्या गरेको आरोपमा मृतककै छोराहरुलाई प्रहरी पक्राउ गरेको छ ।

पौष ०४ गते बिहान आफ्नै घरको सुत्ने कोठामा तामाङ मृत अवस्थामा रहेको भन्ने सूचना पाए संगै ईलाका प्रहरी कार्यालय याशोकबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्ने क्रममा उक्त घटनामा मृतकका छोराहरुको संलग्नता रहेको खुल्न आए संगै मृतकका छोराहरु ४५ बर्षीय घनेन्द्र तामाङ र ४० बर्षीय देवेन्द्र तामाङलाई पक्राउ गरेको हो ।

मृतक र छोराहरु बिच सामान्य घरायसी बिषयमा झै-झगडा हुँदा कुटपिट गरेको र सोही कारणले मृत्यु भएको प्रारम्भिक अनुसन्धानको क्रममा खूल्न आएको तथा घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।