मानव कङ्काल फेला

नवलपुर, ५ पुस : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती–१७ बरौलीस्थित सिरुघारीमा मानव कङ्काल फेला परेको छ । मुस्कान होटल पछाडिको खेतमा रहेको शिरुको झाडीमा मानव कङ्काल फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक साजनकुमार शर्माले जानकारी दिनुभयो ।

कङ्कालको माथि सेतो धर्का परेको सर्ट र तल कालो कपडा बेरिएको अवस्थामा बुधबार फेला परेको उहाँले बताउनुभयो । सो कङ्काल महिला वा पुरुषको हो भन्नेसमेत पहिचान हुन नसके पनि सर्टको खल्तीमा लाइटर र नजिकमा चप्पलसमेत भेटिएकाले उक्त कङ्काल पुरुषको हुनसक्ने भन्दै अनुसन्धान अगाडि बढाइएको सूचना अधिकारी शर्माको भनाइ थियो ।

फेला परेको कङ्काल हत्या गरेर फालिएको वा आत्महत्या भन्ने यकिन हुन सकेको छैन । जङ्गलभित्र रहेको उक्त होटल पछिल्लो सात आठ महिनादेखि बन्द अवस्थामा रहेको प्रहरीले जनाएको छ । यहाँ आवतजावत कम हुने भएकाले घटना लामो समयपछि बाहिरिएको हो ।

घटनास्थल नजिक रहेको रुखमा डोरी भेटिएको र सोही डोरीबाट शव खसेपछि कुकुर वा स्यालले तानेर अन्यत्र लगेकाले स्थानीयवासीले थाहा पाएको हुनसक्ने प्रमरम्भिक अनुसन्धानबाट खुलेको छ । कङ्काल अहिले मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको तथा डिएनए परीक्षणका लागि काठमाडौँ पठाइने सूचना अधिकारी शर्माले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।