सामूहिक बचतले आत्मनिर्भर बन्दै आहालेका मुसहर महिला

सिरहा, ५ पुस : ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका तराईका मुसहर अहिले सामूहिक बचतले गर्दा आत्मनिर्भर हुँदै गइरहेका छन् । समुदायमा आफ्नो झुपडीलाई बोराले बेरेर बस्नुपर्ने बाध्यता थियो भने जमिन धितो राखेर ऋण पाउन पनि उनीहरूलाई सकस हुन्थ्यो, अझ त्यसमाथि गाउँमा पिल्सिएर बसेका मुसहर महिलाको अवस्था झन दयनीय थियो ।

धनगढीमाई नगरपालिका–१२ आहालेका मुसहर महिला अहिले गाउँमै समूह बनाएर आत्मनिर्भर बन्दै गएका हुन् । उनीहरु महिना÷महिनामा समूहमा पैसा जम्मा गर्छन् । काम परेको समयमा त्यही समूहबाट बिना धितो ऋण लिई आम्दानी भएपछि तिर्छन् । “समूह गठन भएदेखि हामीलाई छोराछोरी पढाउन र बिरामी परेको बेला उपचार गराउन सहज भएको छ”, दुर्गा महिला छलफल केन्द्रका अध्यक्ष भुटी सदायले भन्नुभयो, “आफूले नपढे पनि छोराछोरीलाई विद्यालय पठाइरहेका छौँ । स–साना कामका लागि हामी समूहकै पैसा लिएर काम चलाउने गर्छौं ।”

नागरिकता, बालविवाह, गरिबी, स्वास्थ्य र शिक्षामा उचित पहुँच र समान सहभागिता नभएको यस बस्तीका मुसहर महिलालाई आत्मनिर्भर हुन त्यति सहज थिएन । तर एक्सन–एड नेपालको सहयोगमा दलित जनकल्याण युवा क्लब लहान शाखाले स्थानीय अधिकार कार्यक्रमअन्तर्गत यहाँका महिलालाई समूह बनाएर तरकारी खेती, बाख्रापालन, बचत र अधिकारका विषयमा सचेत गराइरहेको छ ।

उक्त संस्थाले घुम्ती कोष स्थापनाका लागि रु २५ हजार, बाख्रापालनका लागि बाख्रा र आयआर्जनका लागि समूहमा सिटी रिक्सा, खानेपानीका लागि ट्याङ्कीलगायत सहयोग गरेको छ । समूहमा आबद्ध महिलाले मासिक रु सय नियमित बचत गर्ने गरेका छन् ।

समूहकी सदस्य झबरी सदायले रु पाँच हजार ऋण लिएर तरकारी खेती लगाई नियमित आम्दानी गरिरहनुभएको छ । “महिनाको ५ गते नियमित बैठक बसेर हाम्रो समस्याबारे छलफल गर्ने गरेको छौँ । समस्या सामाधानका लागि सामूहिकरुपमा एक अर्कालाई सरसहयोग गर्ने गरेका छौँ”, उहाँले भन्नुभयो, “बाख्रा पालनबाट रु ३०÷३५ हजार घरैपिच्छे आम्दानी गर्न सफल भएका छौँ । समूहले पाएको सिटी रिक्साले गाउँका बिरामीलाई पनि अस्पताल पु¥याउन सहयोग भएको छ ।”

गाउँमा कोही बिरामी पर्दा संस्थाले उपलब्ध गराएको निःशुल्क सिटी रिक्साबाट नजिकको अस्पतालसम्म पु¥याउने गरेका छौँ । यहाँका २२ घरका महिला समूहमा आबद्ध छन् । “संस्थाको २५ हजार सहयोग र हामीहरुको बचतले ८९ हजार पुगेको छ”, सोही समूहकी सिवर्ती सदायले भन्नुभयो, “हामीलाई समस्या पर्दा समूहमै छलफल गर्छौं । ज्याला बढाउन आन्दोलन पनि ग¥याँै । हाम्रो ज्याला पनि बढेको छ तर, महिला र पुरुषबीच ज्यालामा अहिले पनि पूर्णरुपमा विभेद हट्न सकेको छैन । समूहमा आबद्ध भएदेखि बानी व्यवहारमा परिवर्तन आएको महसुस भएको छ ।”

आधारभूत आवश्यकता परिपूर्ति र अन्य सामाजिक कामका लागि साहुँसित ऋण लिनुपर्ने र सो ऋणको साँवासहित चर्को ब्याज तिर्नुपर्ने अवस्थाले गर्दा एक पुस्ताले चुक्ता गर्न नसकेको ऋण अर्को पुस्ताले तिर्नुपर्ने अवस्थासमेत देखिएकाले थोरै भए पनि आर्थिक सहयोग गरेर उनीहरुको जीविकोपार्जन सहज होस् भनेर पहल गरिएको दलित जनकल्यण युवा क्लबका अध्यक्ष उमेश विसुन्केले बताउनुभयो ।
–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।