हिउँदमा हिउँमै बिताउँछन् चौँरीपालक किसान

मनाङ, ६ पुस : यहाँको गाउँघर पूर्ण रुपमा हिउँ नै हिउँले ढकमक्क ढाकेको छ । लेकको खर्कबाट बँेसी झारिएको चौँरीका गोठ पनि हिउँले ढाकिएका छन् । वरिपरि हिउँका ढिस्का छन् । यिनै हिउँका ढिस्काभित्र रहेका याकचौँरीका बथानसँग यहाँका किसान रमाइरहेका भेटिन्छन् ।

पशुपालक किसानलाई ‘न त घाम न त वर्षाले असर गर्छ’ भने झैँ यहाँका किसानलाई न त हिउँले रोक्न सकेको छ न त घामले नै छेक्न सकेको छ । हिउँ पर्न थालिसकेकाले यहाँका गोठ वरिपरि सेताम्मे हिउँ छन् यतिबेला । यही गोठ वरपर सेताम्मे हिउँ हटाउँदै आउनुभएका मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकाका ६० वर्षीया याङ्चु खण्डा लामा गोठमै बसेर उमेर गुज्रिएको बताउनुहुन्छ ।

सानो उमेरदेखि नै गोठ र याकचौँरीसँगै जीवन गुजार्दै आएको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “चाँैरी जता हामी पनि उतै जान्छौँ । चाँैरीसँगै जीवन गुजारा चलाउँदै गएका छौँ । हाम्रो त छोराछोरी जस्तै हो याकचौँरी । यिनीहरुको स्याहारसुसारमै जीवन बितेका छ । हामी बूढाबूढी र चौँरी नै अहिलेका लागि समाज भएको छ । ” बँेसीसहरबाट सामान बोकेर सामान ल्याउने र खाने गरिएको उहाँ सुनाउनुहुन्छ ।

त्यस्तै ६१ वर्षीय निङ्मा सोनाम लामा चौँरी गोठसँगै जीवन गुजारिएको थाहै नभएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “याकचौँरीको स्याहारसुसार गर्दागर्दै जीवन गुजिँ्रदै गएको थाहा पाएन । यहीँ काम गर्दागर्दै बिहे र बालबच्चा हुर्कायौँ । अहिले हामी गोठमा छौँ । तर, छोराछोरी काठमाडौँ पठनपाठनका लागि पठाएका छौँ ।” १३ वर्षको उमेरदेखि गोठमा बस्न थाल्नुभएका निङ्मा सोनाम गोठ सार्दा सार्दै बिहे भएको आफ्नो अनुभव सुनाउनुहुन्छ ।

चिसो छल्न जान त मन लाग्ने तर, यी पशुचौपायलाई छाड्दा मर्न सक्ने हुँदा छाड्न नसकेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “गोठसँगै जोडिएको छ हाम्रो जीवन । गोठमै बच्चा जन्माएर हुर्कायो । अहिलेसम्म पनि हामीले गोठ र याकचाँैरीसँगै छ । तर, याकचाँैरीपालन छाड्न सकेका छैनौँ । हाम्रा बालबच्चा जस्तै गरी माया गरे त हामीले आम्दानी लिन सकिन्छ नि ! आम्दानी राम्रो लिनका लागि नै त हो यिनको स्याहारसुसार गर्ने । त्यसैले गरिरहेका छौँ ।”

याकचाँैरी बेचेर नै जीविकोपार्जन चलाउँदै आएको उहाँ बताउनुहुन्छ । मुख्य आयस्रोत नै याकचाँैरी भएको उहाँ बताउनुहुन्छ । पहिले हामीले याकचौँरी रु २५ हजारदेखि ३५ हजारमा याकचौँरी बिक्री गरिन्थ्यो । तर अहिले याकको रु एक लाख ५० हजारसम्म र चौँरीको रु ९० हजारसम्म मूल्य पाउने गरेको उहाँ बताउनुहुन्छ । यहाँका पशुपालक किसानको आयस्रोत नै याकचौँरी हो ।

त्यसैगरी, फुगाउँका कर्म तेन्जिङ हिउँ पर्न थालेपछि चिसो बढेपछि क्याङमा झरेको र पशुचौपायको स्याहारसुसारमा व्यस्त रहेको बताउनुहुन्छ । पशुपालन नै जीविकोपार्जनको स्रोत भएको उहाँ बताउनुहुन्छ । मनाङका अन्यत्र क्षेत्रमा याकचाँैरीको छाला तथा ऊनबाट बनेको लुगा बनाउने कार्य लोप हुन लागेको उहाँ सुनाउनुहुन्छ ।

फुगाउँका ङिमा एञ्जो लामा भन्नुहुन्छ, “हामी त यहीँबाट लुगा र दोचा बनाउछौँ । अहिलेका मानिसले त यस्तो लगाउन पनि खोज्दैनन् । हामीले जानेको सीप अहिलेका मानिसले सिक्नै खोज्दैनन् । लगाउन पनि रुचाउदैनन् ।” अहिले त जमाना फेरिएको उहाँ बताउनुहुन्छ । हिमाली जिल्ला मनाङका पशुपालक किसान चिसो बढेसँगै बेँसीमा गोठ झारे पनि गोठमै व्यस्त छन् ।

मनाङमा यतिबेला चिसो ह्वात्तै बढेको छ । चिसो बढेसँगै यहाँका अधिकांश मानिस जाडो छल्न अन्यत्र जान्छन् । तर, चौँरीपालक किसान भने गोठमै रहन्छन् । चाँैरीपालक किसानलाई न त जाडोले छेक्छ न त गर्मीले नै । विगतमा पशुपालन र कृषिमा मात्रै आत्मनिर्भर रहेको मनाङ हाल घट्दो क्रममा रहेको छ ।

याकचौँरीपालनमा व्यस्त रहनुभएका नार्पाभूमि गाउँपालिकाका निवर्तमान अध्यक्ष मिङ्मा छिरिङ लामा सङ्घीयता आइसकेका तर यहाँसम्म विद्युत्, सडक, यातायात जस्ता आधारभूत आवश्यकताबाट वञ्चित रहेका बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “स्थानीय सरकारले आभारभूत आवश्यकता पूरा गर्न पहल गरिरहेका छौँ । तर, स्थानीय सरकारको बजेटले पूरा गर्न सकिँदैन रहेछ । माथिल्लो तहबाट सहयोग आवश्यक छ ।”

नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कुञ्जो तेन्जिङ लामा अन्य पालिकाको तुलनामा यस पालिकामा पशुपालन र कृषिमा नै आधारित रहेका बताउनुहुन्छ । अन्य क्षेत्रका मानिस जाडो छल्न अन्यत्र गए पनि यहाँका मानिस गाउँबाट तल भाग क्याङमा झरेर बसोबास गर्ने गरेका उहाँ बताउनुहुन्छ । तल्लो भागमा झरेर पशुपालन तथा पशुचौपायको स्याहारमा व्यस्त रहेको उहाँ बताउनुहुन्छ । यस क्षेत्रमा सडक अभाव रहेको उहाँले सुनाउनुभयो । सडक सञ्जालसँग यहाँका बस्तीलाई सहज बनाउन सकिएमा सदरमुकाम सामान लिन जान र आउन दुई लाग्नेमा घट्ने उहाँ बताउनुहुन्छ । सडक सञ्जाल सहज हुनासाथ यहाँका बसाइमा सहजता आउनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।