पाख्रीवास ८ का विभिन्न विद्यालयका विद्यार्थीहरुलाई बिद्यालय झोला तथा खेलकुद सामाग्री वितरण
धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ८ का विभिन्न विद्यालयका विद्यार्थीहरुलाई झोला स्कूल व्याग तथा खेलकुद सामाग्री वितरण गरिएको छ ।
विद्यार्थीहरुलाई झोला तथा खेलकुद सामाग्रि वितरण कार्यक्रम अन्र्तगत ४ वटा विद्यालयका नर्सरी दैखी कक्षा ५ सम्मका १ सय ६३ जना विद्यार्थीहरुलाई ती सामाग्री वितरण गरिएको हो ।
सरस्वती मावि घामे,महेन्द्र आधारभूत विद्यालय काभ्रे, श्री प्रावि कात्तिके र जलकन्या प्रावि थापागाउँका विद्यार्थीहरुलाई झोला खेलकुद सामाग्री वितरण गरिएकाे हो ।
विद्यार्थीहरुलाई नियमित रुपमा विद्यालय आउन तथा अध्ययनमा प्रेरित गर्ने लक्षका साथ ती सामाग्री वितरण गरिएको ८ नं वडाध्यक्ष गजेन्द्र राईले बताउनुभयो । वडाबाट छुट्याईएको १ लाख वजेट मार्फत झोला र खेलकुद समाग्री खरिद गरिएको वडाले जनाएको छ ।
झोला तथा खेलकुद सामाग्री वडाध्यक्ष सहित वडा सदस्यहरुको टोलि विद्यालयमा पुगेर विद्यार्थीहरुलाई हस्तान्तरण गरेको हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावकहरुको उपस्थिती थियो ।


