पाख्रिबासमा तमु ल्होसारमा फुड फेस्टिबल

धनकुटा । धनकुटाको पाख्रिबासमा फुड फेस्टिबलको आयोजना हुने भएको छ ।

पर्यटकीय स्थल पाख्रिबासको धार्मिक स्थल गुम्बा रहेको क्षेत्रमा तमु ल्होसारको अवसर उक्त फुड फेस्टिवलको आयोजना हुने भएको हो ।

गुरुङ्ग समूदायको नयाँ वर्ष “तमु ल्होसार” को अवसर पारेर उक्त फुड फेस्टिबलको आयोजना गरिन लागेको हो ।

पाख्रिबासमा सक्रिय रहेको युवाहरुको संस्था पाख्रिबास युथ युनाइटेडको आयोजनामा पुस १४ देखि १६ गतेसम्म फुड फेस्टिवल हुनेछ ।

तीन दिनसम्म आयोजना हुने फेस्टिवलमा स्थानिय खानाका परिकार, स्थानिय संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम साथै धरानको ब्याण्डको प्रस्तुति रहने आयोजक युनाइटेडका अध्यक्ष गणेश गुरुंगले जानकारी दिनु भयो ।

फेस्टिबलमा आउनेले पाख्रिबासमा रहेका सिमसार-तालतलैया,भ्यू टावर,बौद्द स्तुपा,पाथिभारा मन्दिर लगायतका रमणिय स्थलहरुको अवलोकन गर्न पनि सक्नेछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।