पूर्वमा आज चासोक तङ्नाम पर्व मनाइँदै

ताप्लेजुङ, १० पुस : किरात समुदायको बसोबास रहेको पूर्वी पहाडमा आज उद्यौली पर्व अर्थात् चासोक तङ्नाम धुमधामका साथ मनाइँदै छ । विशेष गरी ताप्लेजुङ, पाँचथर, तेह्रथुम, इलाम, धनकुटा, झापा, मोरङ, सुनसरीलगायत क्षेत्रमा पूजाआजासहित विविध कार्यक्रम गरेर यो पर्व मनाइँदै छ ।

चासोक तङ्नामका बेला थान थापेर प्रकृतिदेवीलाई पुकार्दै नयाँ अन्नबाली पुज्ने गरिन्छ । बाली उब्जाइदिने प्रकृति, जल, जमिन, वायु, अग्नि (सूर्य) लाई प्रकृतिदेवीका रुपमा मानेर पुजा गर्ने परम्परा रहेको छ । किरात समुदायमा चासोक तङ्नाम भनेको अन्नप्रति सम्मान गर्नु हो । किरात लिम्बू समुदायले अन्नलाई एक प्रकारको देवताका रुपमा मान्ने गरेका छन् ।

पैयूँ फुल्ने, माछा र चरा दक्षिण तिर लागेको उँधौली यामको न्वागी पर्वलाई नै चासोक तङ्नाम भन्ने गरिएको हो । ‘चासोक’ को अर्थ नयाँ पाकेको शुद्ध अन्नलाई पवित्र मनले पुजेर तागेरा निङ्वा भुमाङ (प्रकृतिदेवी) लाई अर्पण गर्नु भन्ने हुन्छ । त्यस्तै ‘तङ्नाम’ भन्नाले पर्व अर्थात् उत्सव भनेर जनाउँछ । यो पर्वमा आआफ्नो घरमा फेदाङ्मा अर्थात लिम्बू पुरोहित बोलाएर चासोक पुजा गर्ने गरिएको स्थानीय नरबहादुर काङ्बाले बताउनुभयो । यसरी घरमा बोलाइएका फेदाङ्माले तागेर निङ्वाभुमाङलाई पुकार्दै नयाँ अन्न खान पाउने अनुमति लिन्छन् । नयाँ अन्न खाँदा रोग नलागोस, स्वस्थ हुन पाइयोस् भन्ने कामना गरिन्छ । यसरी मनाइने पर्व पूर्वी पहाडी क्षेत्रमा संस्थागत रुपमा मनाउने गरिएको उहाँले बताउनुभयो ।

लिम्बूहरुको किरात याक्थुङ चुम्लुङ, सुनुवारको किरात सुनुवार सेवा समाज, किरात राई यायोख्या लगायतका जातीय संस्थाले पूजाआजा सहितका कार्यक्रमको अगुवाइ गर्दै आएका छन् ।

किरात समुदायले पूजाआजासहित मनाउने यो पर्वअन्तर्गतका विभिन्न कार्यक्रममा पछिल्लो समय अन्य समुदायका पुस्ताकोसमेत सहयोग, सद्भाव सहितको उपस्थिति देखिने गरेको स्थानीय बताउँछन् । चासोक तङ्नामका बेला हप्ताैँसम्म खेलकुद, सांस्कृतिक कार्यक्रम आयोजना हुने गरेको छ । यस वर्ष पनि ताप्लेजुङ सदरमुकाम क्षेत्रमा खेलकुद सहितका कार्यक्रम भइरहेका छन् ।

पर्वकै अवसरमा सदरमुकाम फुङलिङस्थित भानुजन माध्यामिक विद्यालयको खेलमैदानमा कञ्चनजङ्घा (सेसेलुङ) गोल्डकपको आयोजना भएको छ भने सिरिजङ्घा गाउँपालिकाको सिनाममा चासोक पूजासहित खेलकुद कार्यक्रम आयोजना गरिएको छ । सिनाममा आयोजित कार्यक्रममा चर्चित कलाकार मेलिना राई तथा सदरमुकाममा आयोजित कार्यक्रममा अस्मिता अधिकारी सहितका राष्ट्रिय कलाकार आउने भएका आयोजकले जनाएका छन् ।
-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।