मादलमै रमाएका धनकुटाका छबिलाल (भिडियो सहित)

धनकुटा । धनकुटा नगरपालिका वडा नम्बर १ हिलेका छबिलाल (छोटे) सार्की मादल बनाउने पेसामा रमाइराख्नु भएको छ ।

दश बर्षको उमेर देखि मादल बनाउदै आउनु भएको वहां करिब दुई दशक यता भने जिल्लामा एक्लै मादलको माग धान्दै आउनु भएको छ । वहांको घरमा अहिले जताततै मादल मात्रै देख्न पाइन्छ ।

अझ तिहार नजिकिंदा भने झन मादल बनाउन भ्याईनभ्याइ हुन्छ । तिहारको समयमा मादलको माग अत्याधिक भएर भ्याइनभ्याइ हुने गरेपनि उहा भने बाहै् महिना मादल बनाउनमै व्यस्त हुने गरेका छन् ।

मादल बनाउन खमारी, लामपाटो, सिरीस, खीर्रो जस्ता काठ र बाख्रा, भैसी, गोरुको छाला आवश्यक हुने गर्दछ । ति सामाग्रीको अभावले बजारको माग पुरा गर्न सार्कीलाई मुश्किल भएपनि उहाँले आफ्नो पेसावाट पछि हट्नु भएको छैन ।

उहाँले मादल सहित डम्फु, सारङ्गी लगायतका सामाग्री समेत निर्माण गर्ने गर्नु भएको छ तर सबैभन्दा बढि र सदाबहार माग भने मादलकै हुने गरेको छ । मादल बनाउन कठिन हुने र आकार अनुसार ३ देखि ५ दिनसम्म लाग्ने गर्छ । त्यस्तै आकार अनुसार एउटा मादलको २५ सय देखि १३ हजार सम्ममा विक्री हुँदै आएको छ ।

काठको ढुङ्ग्रो बनाउन गाह्रो हुने, गोरुको छाला भारतबाट ल्याउनु पर्ने हुँदा मादल बनाउन गाह्रो हुने गरेको छ । उहाँलाई पेसामा परिवारको राम्रो साथ छ । श्रीमती चन्द्रमाया, भान्जा रमेश रोका, छोरा तथा भतिजा तथा नातिहरुले समेत सहयोग गर्दै आउनु भएको छ ।

उहाले बनाएको मादलको जिल्लामा मात्र नभइ संखुवासभा, सुनसरी, तेह्रथुम मोरङ्गका बिभिन्न स्थानवाट माग हुने गरेको छ । मादल बजाउँदा संस्कृति संरक्षण हुने मादलका ग्राहकहरु बताउँछन । पछिल्लो समय इमेल इन्टरनेट र आधुनिक सामानको प्रयोग बढिरहदा अन्य पुराना सैलीका बाजागाजा हराउदै गएपनि मादलको माग उत्तिकै छ ।

यसरी बनाइन्छ मादल भिडियोमा हेर्नुहोस् –

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।