कुतियाकवरवासीको पीडा : तटबन्ध नबने बस्ती जोगबुढा नदीमा समाहित हुने

महेन्द्रनगर (कञ्चनपुर), १० पुस : कञ्चनपुरको दोधाराचादँनी नगरपालिका–१० सीमा बस्ती कुतियाकवरमा तटबन्ध निर्माणमा ढिलाइ भएको छ । तटबन्ध निर्माण गर्न ठेक्का लिएको निर्माण कम्पनीले बेवास्ता गर्दैआएको छ ।

महाकाली र जोगबुढा नदीको दोसाधमा रहेको कुतियाकवर बस्ती दुवै तर्फबाट जोखिममा छ । वस्ती जोगाउन दुई सय मिटर तटबन्ध निर्माणको योजना अघि बढाइएको थियो । सो कार्यको जिम्मा लिएको महेन्द्रनगरस्थित जोशी निर्माणले काम गर्न ढिलाइ गरेको छ ।

कुतियाकबरका स्थानीयवासीले हिउँदमा जसरी पनि तटबन्ध निर्माण गर्न आग्रह गर्दैआएका छन् । “अहिले नदीमा पानी घटेकाले निर्माण गर्न सहज हुन्छ, वर्खामा काम गर्न सकिन्न”, स्थानीय बहादुरसिंह सुनारले भन्नुभयो–“नदीले बर्सेनी बर्खामा खेतीयोग्य जमिन कटान गर्दैआएको छ ।” विसं २०२० मा बसेको सीमा बस्ती बाढीको निरन्तर कटान र डुबानकै कारण हालसम्म यहाँबाट एक सयभन्दा बढी परिवार विस्थापित भइसकेको उहाँले बताउनुभयो ।

बाढीले जग्गा कटान गर्दा बस्ती पातलिँदै गएको छ । अब यहाँ ४२ परिवारको मात्रै बसोबास छ । बर्खामा नदीको भङ्गालो गाउँ पस्दा जमिन बालुवाले भरिएको छ । बालुवाका कारण उब्जनी घट्दै गएको छ ।

जनताको तटबन्ध फिल्ड कार्यालय नं ७ महेन्द्रनगरका प्रमुख श्रीप्रसाद यादवले महाकाली नदीको झोलुङ्गे पुलदेखि दक्षिण कुतियाकवरसम्म महाकालीको तटबन्ध मर्मत र कुतियाकवरमा दुई सय मिटर तटबन्ध निर्माणको सम्झौता भएको बताउनुभयो । “दोधारा–चादँनी झोलुङ्गे पुल नजिक मर्मतको काम चलिरहेको छ”, उहाँले भन्नुभयो–“ कुतियाकवरमा ढुङ्गालगायत निर्माण सामग्री लैजान समस्या भएकाले काममा ढिलाइ भएको हो ।”

कुतियाकवरमा एक किलोमिटरभन्दा बढी लम्बाइको तटबन्ध निर्माण भए मात्रै जमिन जोगिने अवस्था रहेको प्रमुख यादवले भन्नुभयो । कुतियाकवर बस्ती जोगाउन आवश्यक पर्ने तटबन्ध निर्माणका लागि बजेट अभाव भएको उहाँको भनाइ छ । कुतियाकवर सीमा बस्ती जोगाउन र महाकालीको तटबन्ध मर्मतका लागि गत वर्ष रु १६ करोड ८५ लाखमा ठेक्का दिइएको थियो ।

दोधारा चादँनी नगरपालिका–१० का वडाध्यक्ष चन्द्रबहादुर सिंहले वर्षातअघि तटबन्ध निर्माण नभए बस्तीसँगै सीमा नै जोगबुढा नदीमा समाहित हुने अवस्था रहेको बताउनुभयो । “कुतियाकवर बगे नेपाल–भारत सीमा नै जोगबुढा नदीमा परिणत हुन्छ”, उहाँले भन्नुभयो । निर्माण अघि पारी कुतियाकवर जान जोगबुढामा अस्थायी बाटो बनाउनुपर्ने वडाध्यक्ष सिंहको भनाइ छ ।

“कुतियाकवरको झोलुङ्गे पुल वरपर दुई सय २० मिटर तटबन्ध बनिसकेको छ”, उहाँले भन्नुभयो । दलित र विपन्न समुदायको बसोबास रहेको सीमा बस्तीसम्म पुग्न जोगबुढामा झोलुङ्गे पुल बनेपछि सहज भएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।