ब्राउन सुगर सहित खोटाङका १ जना पक्राउ
मोरङ, पुस ११ । मोरङको बिराटनगर महानगरपालिका-१५ ढाट स्थितबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलवार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री दिप्रुङ चुइचुम्मा गाउँपालिका- ४ खोटाङका २५ बर्षीय मिलन राईलाई शंका लागी चेकजाँच गर्दा उनको साथबाट लागुऔषध ब्राउनसुगर ८६ मिलिग्राम फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका उनको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रानीबाट थपअनुसन्धान भईरहेको छ ।


