माग बढेपछि कफी खेतीप्रति आकर्षण

बेलबारी (मोरङ), २७ पुस : कफी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि परम्परागत खेतीलाई विस्थापन गर्दै मोरङ उत्तरी भेगका तीन पालिकाका बासिन्दा यसप्रति आकर्षित भएका छन् । पछिल्लो समय यहाँका तीन पालिकामा एकसय ५० हेक्टर जमिनमा कफी लगाइएको छ ।

उत्तरी भेगको लेटाङ नगरपालिका, मिक्लाजुङ गाउँपालिका र केराबारी गाउँपालिकामा पाँच वर्षअघिदेखि व्यावसायिक कफी खेती सुरु गरिएको थियो । मिक्लाजुङमा एक सय दश हेक्टर, लेटाङमा ३५ हेक्टर र केराबारीमा पाँच हेक्टर जमिनमा कफी लगाइएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कफी खेती विस्तार कार्यक्रमअन्तर्गत रहेर किसानले कफी खेती लगाएका त्यहाँका प्रमुख रामदेव सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “किसानले उत्साहित भएर कफी खेतीमा लागेका र उनीहरूलाई कफी पकेट कार्यक्रमअन्तर्गत कफी सुकाउने, ग्रेडिङ गर्ने र धुलो बनाउने उपकरण चाहिएको छ ।”

लेटाङ बजारभन्दा १७ किलोमिटर उत्तर भोगटेनीका चन्द्र राईले पाँच वर्षअघि नजिकै रहेको साग्मा माविको जागिर छाडेर आफ्नो ५० रोपनी जमिनमा कफी खेती सुरु गर्नुभएको थियो । छँदा खाँदैको जागिर छाडेर खेतीमा लाग्दा सबै छक्क परेको सम्झदै उहाँले भन्नुभयो, “हाल आफूसँगै गाउँका ९० परिवारले पनि कफी खेती रोजेका छन् । माग उच्च हुँदा पनि उत्पादन पु¥याउन सकिएको छैन । कफी खेती आम्दानीको राम्रो स्रोत बनेको छ ।”

प्रतिरोपनी वार्षिक रु एक लाख आम्दानी हुने उहाँको जिकिर थियोे । “पाँच वर्षअघि लगाइएको कफीले यस वर्षदेखि उत्पादन दिन सुरु गरेको छ । “कफीको बिरुवाका लागि आफैँ नर्सरी गरेर वितरणसमेत गर्ने गरेको छु, उत्पादित दाना सङ्कलन गरेर बजारीकरणमा सहयोग गरेको छु”, कृषक राईले बताउनुभयो, “काठमाडाँै, पोखरालगायत ठूला सहरबाट माग आउने गरेको छ तर स्थानीय बजार इटहरी, विराटनगरलगायतमै पनि माग पु¥याउन सकिएको छैन ।”

नेपालमा अधिकांश अराविका जातको कफी लगाउने गरिएको छ । कफीको पाकेको दाना (चेरी) किसानबाट रु ९० प्रतिकिलो र प्रशोधन गरिएको (पार्चमेन) प्रतिकिलो रु पाँच सयदेखि रु पाँच सय ५० सम्ममा कारोबार हुने गरेको तर पूर्ण प्रशोधन वा धुलो बनाउन बाँकी रहेको कफी प्रतिकिलो रु एक हजार आठ सयका दरले होटलमा जाने गरेको छ । धुलो बनाउँदा प्रतिकिलो रु दुई हजार दुई सय ५० का दरले कफी बिक्री हुने गरेको छ ।

कृषक राईले जस्तै राजविक्रम राई र मिक्लाजुङका कविन्द्र चाम्लिङले पनि आफ्नो बारीमा व्यवसायीकरूपले कफी खेती गर्नुभएको छ । यसप्रति आफूहरु पूर्ण सन्तुष्टि रहेको राजविक्रमले बताउनुभयो । गत वर्षभन्दा यसपटक कफी अझ फस्टाएको उहाँको भनाइ थियोे । “कफीबाट आर्र्थिक आम्दानी राम्रै हुन्छ भन्ने आशा छ”, उहाँले भन्नुभयो, “हामी मकै, कोदो र गहुँखेती छाडेर कफी खेतीमा लाग्यौँ । आर्थिक आम्दानीको तुलनामा परम्परागत कृषिभन्दा आधुनिक कृषि बढी लाभदायी हुन्छ ।” नेपालमा कफीको उत्पादन राम्रो मानिन्छ । मुख्यतः अरेविका जातको कफीले राम्रोे उत्पादन दिन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।