पाख्रिवास काव्य श्रृंखलामा कवि अनिल सुवेदी र सुष्मा दाहाल
नरेम्द्र कश्चित,घनकुटा । धनकुटाको पाख्रिवासमा पाख्रिवास काव्य श्रृंखलामा आज धनकुटा महालक्ष्मी नगरपालिकाका कवि अनिल सुवेदी र तेह्रथुमका सुष्मा दाहालद्वारा कविता वाचन गरेर सम्पन्न भएको छ ।
पाख्रिवास साहित्य समाजले आयोजना गरेको काव्य श्रृंखलामा कवि सुवेदी र दाहालले आ-आफ्ना कविता सुनाएका हुन् ।
तेह्रथुमका कवि सुष्मा दाहालले गोधुली साँझ, गोधुलीको बस्तिहरू,पहिलो महिनावारी,स्वार्थ,आमा म आतंककारी बन्छु लगायतका कविता वाचन गर्नु भएको थियो भने धनकुटा महालक्ष्मी नगरपालिकाका कवि अनिल सुवेदीले फस्ट लभ,लजिक,लहरे वर, धोका,काजी,पर्खाई,लाइब्रेरी लगायतका कविता वाचन गरेका थिए ।
कार्यक्रममा धनकुटाका कवि केजि सुब्बा,रोशन परियार,अनन्त अनुराग,नरेन्द्र कश्चित,शिक्षक,लगायत स्थानीय कला साहित्य अनुरागीहरुको उपस्थिति रहेको थियो ।कार्यक्रमको संचालन पाख्रिवास कला साहित्य समाजका सचिव ध्रुव एलेक्सले गर्नु भएको थियो ।


