झापा र मोरङबाट प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

बिराटनगर, फागुन २५ । झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट लागुऔषध सहित २ जनालाई पक्राउ गरिएको छ ।

हिजो बेलुका ८ बजे झापाको गौरादह नगरपालिका- ५ स्थित प्रहरी चौकी महरानीझोडाबाट खटिएको प्रहरी टोलीले मे.६ प ४७८० नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा मोटरसाईकल चालक गौरादह- ४ का २२ बर्षीय निरज खत्रीको साथबाट २९ ग्राम ४६० मिलीग्राम ब्राउनसुगर र नगद ८ हजार रुपैया समेत फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो भने मोरङको बिराटनगर महानगरपालिका- १५ ढाटबाट ईटहरी- १० सुनसरीका १८ बर्षीय राहुल चौधरीलाई NITRAVET- ५० ट्याब्लेट सहित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरिएको हो ।

लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।