जिप दुर्घटना, १२ जना घाइते

काठमाडौँ । सिन्धुलीको दुधौली नगरपालिका–१ स्थित हत्पतेमा जिप दुर्घटना भएको छ । प्रदेश–२–०४–००१ च ००५६ नम्बरको योद्धा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

घाइतेहरुको बर्दिबासस्थित जनसेवा अस्पताल र भिमानस्थित आरएनके पोलिक्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्स्पेक्टर केशव कुमार कटुवालले जानकारी दिए । शुक्रबार लङ्गुरखोला महादेव मन्दिर दर्शनका लागि यात्रु लिएर जाँदै गरेको जिप आफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

बोलेरो चालक ४२ वर्षीय विनोद कुमाार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

दुर्घटनामा परेर घाइते हुनेहरुमा महोत्तरीको गौशाला नगरपालिका–११ घर भएका पवन यादव, ललिता देवी यादव, राम कुमारी महतो, रामएकचाल सिंह, विवा कुमारी सिंह, चन्द्र कुमारी सिंह र निलम यादव छन् ।

त्यस्तै, धनुषा मिथिला नगरपालिका घर भएका धिरज सिंह, सोभा सिंह, मन्जु सिंह, अन्जु सिंह र राम अवतार महतो पनि घाइते छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।