यी फरार अभियुक्त गृहका अधिकृत बिमल पौडेल सुटुक्क हाजिर भएर धरौटीमा छुटे

काठमाडौं, २५ फागुन । तत्कालीन सचिव महेश्वर न्यौपानेको पालामा अख्तियारदेखि गृह मन्त्रालयसम्म एकछत्र राज गरेका फरार अधिकृत बिमल पौडेल जिल्ला अदालतबाट धरौटीमा छुटेका छन् ।

अख्तियारदेखि गृह मन्त्रालयको सचिव रहेका महेश्वरका सहयोगी पौडेल प्रहरीको फरार सूचीमा थिए । गृह मन्त्रालयका कर्मचारी समेत रहेका पौडेलविरुद्ध नक्कली कागजात बनाएर सेटिङमार्फत भिजिट भिसामा विदेश पठाएको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

तत्कालीन अध्यागमन अधिकृतको हैसियतमा उनीमाथि जिल्ला अदालतमा मुद्दा दायर भएको हो । मुद्दा दायर हुने भएपछि पौडेल कागजी रुपमा फरार भएका थिए । उनै पौडेल हालै काठमाडौं जिल्लामा सुटुक्क हाजिर भएर १ लाख रुपैयाँ धरौटीमा छुटेका हुन् ।

जिल्ला न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यले पौडेललाई १ लाख धरौटीमा रिहा गर्न आदेश दिएसँगै उनी गृह मन्त्रालय हाजिर भइसकेका छन् । पौडेल गृहसचिव महेश्वर न्यौपानेको पिए हुँदा निकै रजगज गरेका थिए । उनकी श्रीमती एनआईसी एसिया बैंकको जनसम्पर्क अधिकृत समेत हुन् ।

गृहसचिवको सचिवालयमा बसेका पौडेलले कोरोनाकालमा उक्त बैंकका सञ्चालकहरुलाई गाडी छुटाउन कही नरोकिने गरी पास उपलब्ध गराएको चर्चा अझै सेलाएको छैन । विशाल ग्रुपलाई उनले लाभ पुऱ्याएको आरोप छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उनले कोरोनाकालमा आतंकै मच्चाएको चर्चा छ । अख्तियार र गृह मन्त्रालय जस्तो संवेदनशील मन्त्रालयमा सचिवको सचिवालयमा बसेका पौडेल किर्ते अपराधमा मुछिएका छन् । यसले समेत उनले त्यो बेला पदीय हैसियत र शक्तिको व्यापक दुरुपयोग गरेका थिए भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।

अख्तियारमा बसेका पौडेलमाथि सरकारवादी मुद्दा लागेकाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत सम्पत्ति छानबिन गर्न जरूरी छ । कोरोनाकालमा वीरगन्ज भन्सारबाट सरकारी पास दुरुपयोग गरेर विशाल ग्रुपले ल्याएका गाडीको विवरण समेत मागेर अख्तियारको दुरुपयोगमा पौडेलमाथि थप अनुसन्धान गर्नु पर्ने देखिन्छ ।

त्यस्तै उनीसँगै फरार भएका शैलेन्द्र ढकाल ताराबहादुर कुँवर, विष्णु अर्याल, कुशल बराल, सुजन फागो विकाश डङ्गोल र पीताम्बर रिमाल पनि जिल्ला अदालतमा सुटुक्क हाजिर भएर त्यसै दिन धरौटीमा रिहा भएका छन् । अर्याल तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको सचिवालयमा थिए भने डंगोल सामान्य प्रशासन मन्त्रालयको कप्रबाट अध्यागमन पुगेका अधिकृत हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।