प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण, हाम फालेर जोगिए

धनगढी । दार्चुलामा एक प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण भएको छ ।

जिल्लाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारीमाथि आक्रमण भएको हो।

उनी सुतिरहेको बेला अज्ञात समूहले आक्रमण गरेको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार अधिकारी सुतिरहेको अवस्थामा शुक्रबार राति अज्ञात समूहले ढुंगामुढा र आगजनी गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत अधिकारी सुतिरहेको सरकारी आवासमा राति करिब १ः४५ बजेको समयमा ढुंगा प्रहार गरेको र आगो लगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी गोविन्द भण्डारीले बताए ।

प्रमुख प्रशासकीय अधिकृत सुतिरहेको अवस्थामा झ्यालबाट ढुंगामुढा भएर आगजनी गरेको विवरण आएको उनले बताए । प्रमुख प्रशासकीय अधिकृतको आवास र इलाका प्रहरी कार्यालय आसपासमा हुँदा पनि कसले त्यस्तो गरेको हो भन्ने खुलेको छैन ।

प्रमुख प्रशासकीय अधिकृत अधिकारी झ्यालबाट हाम फालेर प्रहरीकोमा पुगेका थिए । त्यसपछि प्रहरीले आगो नियन्त्रणमा लिएको थियो। घटनामा को संलग्न छन् भन्ने खुलिसकेको छैन। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भण्डारीले घटनाको कारण यकिन भइनसकेको बताए ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट पनि प्रहरी टोली मार्मा पुगेको छ । प्रमुख प्रशासकीय अधिकृत अधिकारीले मार्मा गाउँपालिकामा सञ्चालमा रहेका अवैध क्रसर रोक्न र सार्वजनिक स्थानमा मदिरा बिक्री रोक्न सूचना जारी गरेका थिए । मार्मा गाउँपालिकामा राजश्व नतिरी सञ्चालनमा रहेका दुईवटा क्रसरलाई राजश्वको दायराभित्र आउन पत्र काट्दा पनि नमानेपछि बन्द गर्न सूचना जारी गरिएको थियो ।

त्यस्तै, सार्वजनिक स्थानमा मदिरा बिक्रीवितरण रोक्न पनि सूचना जारी भएकै राति प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण भएको हो । मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामी काठमाडौंमा रहेको बेला यस्तो घटना भएको हो । तर घटनामा संलग्नहरुको खोजी र आवश्यक अनुसन्धान गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।-प्रेस पत्र

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।