शिव रात्रीको अवसरमा निः शुल्क स्वास्थ्य शिविर तथा पानी वितरण कार्यक्रम सम्पन्न
सुनसरी,फागुन २५ । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेश तथा कोशी प्रदेश प्रहरी अस्पतालको सहर्कायद्धारा आज सुनसरीको धरान उपमहानगर पालिका-१४ स्थित रहेको पिण्डेश्वर बाबा धाममा शिव रात्रीको अवसरमा दर्शन गर्न तथा जल चढाउन आएका श्रद्धालु भक्तजनहरुलाई लक्षित गरी सेवा नै धर्म हो भन्ने भावना साथ नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले श्रद्धालु भक्तजनहरुलाई पानी तथा स्वास्थ्य जाँच गरी निः शुल्क औषधी समेत बितरण गरेको थियो ।
उक्त कार्यक्रममा संघकी संचिव सृजना नेपाल दाहाल तथा अन्य पदाधिकारीहरुकोहरुको उपस्थित रहेको थियो ।


