माेक्तान वंशावली भेला तथा अधिवेशन आज देखि सुरु

सुनसरी । सुनसरी जिल्लाको ईटहरीमा दुईदिने माेक्तान वंशावली दाेङ्राव दाेस्राे प्रदेश भेला तथा अधिवेशन आज देखि सुरु भएको छ । प्रदेश अध्यक्ष संकर माेक्तानकाे अध्यक्षता तथा केन्द्रीय अध्यक्ष जीवन माेक्तानकाे प्रमुख आतिथ्यमा सञ्चालन भएको प्रदेश भेलामा काेशी प्रदेशको १४ जिल्लाका माेक्तानहरु भेलाभएकाछन् ।

भेलााकाे बन्द शत्रमा प्रगति प्रतिवेदन ,आर्थिक प्रतिवेदन ,नयाँ  कमिटी गठन र आगामी दिनमा माेक्तान वंशावली  खाेज अनुसन्धानका विषयमा निर्णय तथा याेजना बनाउनदै शनिबार भेला तथा अधिवेशन सम्पन्न हुने प्रदेश अध्यक्ष संकर माेक्तानले बताउनुभयो । भेलामा केन्द्रीय महासचिव राेज माेक्तान , केन्द्रीय सदस्य विलम माेक्तान , ताम्बासंघका केन्द्रीय अध्यक्ष  धावावाङ्गेल माेक्तान , प्रदेश सल्लाहकार राजकुमार माेक्तान, नेपाल तामाङ घेदुङकाे प्रदेश अध्यक्ष रेख बहादुर घिसिङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 

भेलाकाे अवसरमा समाजसेवी वुद्विजिवि मनु माेक्तानलाई सम्मान पत्र  र दाेसल्ला ओढाएर प्रमुख अतिथि जीवन माेक्तानले सम्मान गर्नुभएको थियोे । यस्तै प्रदेश फाेनिज अध्यक्ष  सन्विर लामा , राजनितीज्ञ देवेन्द्र माेक्तान र जनप्रतिनिधि बहादुर माेक्तानलाई  सम्मान पत्रले प्रमुख अतिथि ,प्रदेश अध्यक्ष लगायले  सम्मान गर्नुभएको थियोे । कार्यक्रमकाे सञ्चालन प्रदेश सचिव लक्षमण माेक्तानले गर्नु भएको थियोे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।