फेरि विवाह गर्दैछन् ९३ वर्षीय मिडिया टाइकुन रूपर्ट मर्डक

एलिना जुकोभा र रूपर्ट मर्डकएलिना जुकोभा र रूपर्ट मर्डक

‘मिडिया टाइकुन’ रूपर्ट मर्डकले ६७ वर्षीया वैज्ञानिक एलिना जुकोभासँग इन्गेजमेन्ट गरेका छन्।

अवकाश प्राप्त रूसी वैज्ञानिक जुकोभासँग इन्गेजमेन्ट गरेसँगै मर्डक पुन: एक पटक चर्चामा आएका छन्। उनीहरूले विवाह गर्ने पक्का भइसकेको मर्डकको कार्यालयले घोषणा गरेको न्युयोर्क टाइम्सले जनाएको छ।
संसारका विभिन्न देशमा अखबार तथा टेलिभिजन च्यानल सञ्चालन गरेका यी मिडिया टाइकुन आउँदो सोमबार ९३ वर्ष पुग्‍दैछन्।

न्युयोर्क टाइम्सका अनुसार जुकोभा सँगको विवाह समारोह क्यालिफोर्नियास्थित मोरगा सहरमा जुन महिनामा हुने तय भइसकेको छ। विवाहका लागि पाहुनाहरूलाई निमन्त्रणा समेत पठाइसकेको छ।
गत अप्रिलमा मर्डक जुकोभासँग प्रेम सम्बन्धमा रहेको समाचारहरू बाहिरिएका थिए।

त्यसअघि उनले ६७ वर्षीया रेडियो होस्ट एना लेस्ले स्मिथसँगको सम्बन्ध तोडेका थिए। विवाह गर्ने पक्का भइसकेपछि पनि मर्डकले स्मिथसँग इन्गेजमेन्ट गरेको दुई हप्तापछि नै सम्बन्ध टुटाएका थिए। त्यसअघि उनले चार जनासँग विवाह गरी सम्बन्धबिच्छेद गरिसकेका छन्।

उनले अष्ट्रेलियन फ्लाइट एटेन्डेन्ट पाट्रिसिया बुकर, स्कटिस पत्रकार एना म्यान, वेन्डी डेङ र अमेरिकी मोडल तथा कलाकार जेरी हलसँग विवाह गरेका थिए।

यता जुकोभाले पनि पहिले रूसी अर्बपति एलेक्सजेन्डर जुकोभसँग विवाह गरेकी थिइन्।

गत वर्ष मर्डकले फक्स एन्ड न्युज कोर्पोरेसनको अध्यक्ष पद छाडेका थिए।
रूपर्ट मर्डकले सन् १९५० मा अष्ट्रेलियाबाट आफ्नो करियरको सुरूवात गरेका थिए। त्यतिबेला उनले न्युज अफ द वर्ल्ड, सन् १९६९मा बेलायतको द सन समाचार पत्रिका किनेका थिए। पछि उनले अमेरिकी पत्रिका न्युयोर्क पोष्ट र वालस्‍ट्रिट जर्नल पनि किनेका थिए।

सन् १९९६मा उनले फक्स न्युज खोलेका थिए। सन् २०१३ मा खोलेको न्युज कोर्पोरेशनमार्फत उनले विभिन्न देशका स्थानीय तथा अन्तर्राष्ट्रिय मिडिया आउटलेटहरू किनेका थिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।