नाबालिग छोरीमाथि बाबुबाट पटक-पटक बलात्कार, गर्भपतन गराएपछि बाहिरियो घटना

चितवन । चितवनमा एक बाबुले आफ्नी १४ वर्षकी छोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । बाबुको बलात्कारको कारण बसेको ३ महिनाको गर्भपतन गराएपछि घटना बाहिर आएको हो ।

उनीहरू कालिका नगरपालिकामा डेरा गरी बस्थे । नाबालिगको गर्भपतन गराएको मावलीले थाहा पाएका थिए । गत पुस १० गते नै चितवन प्रहरीमा बलात्कारको अभियोगमा जाहेरी दर्ता भएपनि बाबु अहिलेसम्म पक्राउ परेका छैनन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक भावेश रिमालले बाबु फरार रहेको जानकारी दिए ।

यसै वर्षदेखि विद्यालय आउन थालेकी बालिका सधैँ मलिन अनुहारमा आउने गरेको शिक्षक बताउँछन् । ७ कक्षामा पढ्दै गरेकी उनको शरीरमा पनि परिवर्तन देखिन थालेको थियो । एक शिक्षकका अनुसार गत पुसमा एक हप्ता विद्यालय नआएपछि सोधपुछ गर्दा उनी पत्थरीको शल्यक्रिया गरी आराम गरिरहेको परिवारका एक सदस्यले जानकारी दिएका थिए ।

तर, नाबालिक छोरीको पत्थरीको शल्यक्रिया नभई बलात्कारपछि गर्भपतन गराएकोबारे बालिकाकी मामाघरकी हजुरआमाले विद्यालयमा जानकारी गराएपछि विद्यालय परिवारले यो घटना थाहा पाएको थियो ।

कालिका नगरपालिकाकी उपमेयर विमला तामाङले घटना प्रहरीमा पहिल्यै दर्ता भएपनि आफ्नो जानकारीमा आजमात्रै आएको बताइन् । उनले बालिकाको स्वास्थ्य अवस्थाबारे बुझिरहेको र प्रहरीको समन्वयमा बालिकाको उचित संरक्षणको व्यवस्था गर्ने नेपाल प्रेसलाई जानकारी दिइन् ।

प्रहरीलाई जाहेरीमा जानकारी गराए अनुसार उनको बाबुले महिनावारी नभएपछि बालिकालाई भरतपुरमा लगेर गर्भपतन गराएका थिए । कुन अस्पतालमा लगेका हुन् भन्ने खुलेको छैन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖