राष्ट्रिय सभा अध्यक्ष निर्वाचन : सोमबार उम्मेद्‌वारी दर्ता, मंगलबार निर्वाचन

काठमाडौं, फागुन २६ । राष्ट्रिय सभाको अध्यक्षका लागि आउँदो २८ सोमबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम तय गरिएको छ । उपाध्यक्ष, दलका नेता तथा प्रमुख सचेतक एवं कार्यव्यवस्था तथा परामर्श समितिबीचको छलफलपछि उम्मेदवारी दर्ताको मिति फागुन २८ गते सोमबारका लागि तय भएको हो ।

राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालका अनुसार दलका नेता तथा प्रमुख सचेतक एवं कार्य व्यवस्था तथा परामर्श समितिमा उपलब्ध सदस्यसँग छलफल गरी फागुन २८ सोमबार उम्मेदवारी दर्ता गर्ने सहमति भएको हो।

उनको अध्यक्षतामा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेता, प्रमुख तथा मुख्य सचेतक र कार्यव्यवस्था तथा परामर्श समितिका सदस्यसँग छलफल भएको थियो । समितिमा उपाध्यक्षसहित हाल पाँच जना सदस्य रहेका छन् ।

राष्ट्रियसभा अध्यक्षका लागि मतदान फागुन २९ गते मङ्गलबार हुने छ । दलका नेता तथा प्रमुख सचेतक र समितिका सदस्यसँगको छलफलमा फागुन २९ गते अध्यक्ष पदको निर्वाचन गर्ने सहमति भएको सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए।

उनका अनुसार कार्यतालिका प्रभावित नगरी कामकारबाही अगाडि बढाउने समझदारी भएकाले तालिकाबमोजिम नै निर्वाचन हुने भएको छ । फागुन २० गते राष्ट्रिय सभाका २० सदस्यको ६ वर्षे कार्यकाल सम्पन्न भएको थियो । रिक्त भएका २० मध्ये १९ सदस्य निर्वाचित भई शपथग्रहण गर्दै नियमित कामकारबाहीमा सहभागी भइसकेका छन् ।

२० मध्ये राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पदावधि पनि सकिएको थियो । त्यसैले नयाँ अध्यक्षका लागि निर्वाचन प्रक्रिया अगाडि बढाउन लागिएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।