रुसी सेनामा पठाउने गिरोहका केही व्यक्ति पक्राउ

काठमाण्डौ – भारतको केन्द्रीय जाँच ब्युरो (सीबीआई)ले भारतीय नागरिकलाई रुसी सेनामा पठाउने तस्करहरुको सञ्जालका केही सदस्यलाई पक्राउ गरेको जनाएको छ । १३ वटा कम्पनीमा छापा मार्दा सङ्गठित नेटवर्कका रुपमा काम गरिरहेका केही व्यक्तिलाई पक्राउ गरेको सीबीआईले विज्ञप्ति निकालेर जानकारी गराएको छ ।

रुसी सेनामा भर्ना भएर युक्रेनमा लडिरहेका कम्तीमा दुई जना भारतीय नागरिकको ज्यान गएको सीबीआईलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । रुसी सेनामा भर्ना भएका केही भारतीयले गएको महिना अग्रिम मोर्चामा पठाइनुअघि उनीहरूलाई झुटो बहानामा युद्धको अग्र पङ्क्तिमा पठाएको बताएका छन् ।

तस्करहरुले भारतीय नागरिकलाई राम्रो तलब भएको कामको प्रलोभन देखाउने र रुस पुर्‍याएपछि सेनामा भर्ना गराउने गरेको पाइएको सीबीआईको विज्ञप्तिमा उल्लेख छ । भारतीय विदेश मन्त्रालयले रुसी सेनामा रहेका झण्डै २० जना भारतीय नागरिकलाई फिर्ता ल्याउन पहल भइरहेको बताएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।