बेलबारीका काका-भतिजको दुर्घटनामा मृत्यू

सुनसरी । सुनसरीको खनारमा भएको दुर्घटनामा काका भतिजको मृत्यु भएको छ । बेलबारी नगरपालिका-८ का करीव २५ वर्षीय विपन दाहाल र उनका भतिज करीव ७ वर्षीय अवि दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार अपरान्ह करिव ३ बजेतिर विराटनगरबाट इटहरीतिर जाँदै गरेको प्रदेश १-०२-०४१ प ७६१९ नम्बरको मोटरसाइकल विपरित दिशाबाट आएको प्रदेश १-०२-००१ क ३९७८ नम्बरको ट्रकसँग ठोक्किएको थियो ।

इटहरी उपमहानगरपालिका-१२ स्थित खनारमा भएको उक्त दुर्घटनामा काका भतिजको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार अर्का व्यक्तिको भने विराटनगरमा उपचार भइरहेको जनाइएको छ ।

प्रहरीले ट्रकका चालक इटहरीका प्रदिप कोइरालालाई नियन्त्रणमा लिएको पनि जानकारी दिएको छ ।-

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।