देवदहमा क्लोथ बैंक सञ्चालनमा

देवदह । मानव सेवाका लागि देशका सातै प्रदेशमा सञ्‍चालन हुन लागेको क्लोथ एण्ड फूड बैंक रुपन्देहीको देवदहमा सञ्‍चालनमा आएको छ। सोमबार एक कार्यक्रमका बिच देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेल, उप प्रमुख विद्या लक्ष्मी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले संयुक्त रुपमा क्लोथ बैंकको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै नगर प्रमुख खरेलले क्लोथ बैंकमा आएका कपडा रिफाइन गरेर व्यवस्थापन गरी पुनः प्रयोगमा ल्याइने हुनाले जो कोहीले पनि प्रयोग गर्न मिल्ने बताउनु भयो। र क्लोथ एण्ड फुड बैंक नेपालको आयोजना र देवदह नगरपालिकाको सहकार्यमा क्लोथ बैंकको स्थापना गरिएको हो ।

सोही अवसरमा बोल्दै उपप्रमुख गुरुङले मानवीय सेवा गर्ने उद्देश्यका साथ यो क्लोथ बैंकको सुरुवात यस नगरपालिकामा पनि गर्न पाएकोमा क्लोथ बैंक परिवार प्रति आभार प्रकट गर्नु भएको थियो । त्यस्तै गरी प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले कार्यक्रममा बोल्दै प्रयोगमा नआएका कपडा जति पनि प्राप्त हुन्छन, ती कपडाहरुलाइ पुनः प्रशोधन गरी प्रयोगमा ल्याउन मिल्ने गरी उपलब्ध हुने हुनाले यो कार्य निकै प्रसंसनीय रहेको बताउनु भयो । कार्यक्रममा नगर प्रवक्ता एवं वार्ड नं ५ का वडा अध्यक्ष गणेश डुम्रे, वडा नं ७ का वडा अध्यक्ष कृष्ण प्रसाद सापकोटा, वडा ९ का वडा अध्यक्ष मोहन जि. सी. लगायतको उपस्थिति रहेको थियो ।

क्लोथ एण्ड फूड बैंक नेपालले प्रयोगमा नआएका घरमा यत्तिकै रहिरहेका लत्ता कपडा संकलन गरी पुनः प्रशोधन गरेर आवश्यक पर्नेहरुका लागि निःशुल्क वितरण गर्ने जनाएको छ। क्लोथ एण्ड फूड बैंक नेपालका अध्यक्ष कमल जि.सीले देशका सातै प्रदेशमा यो अभियान सञ्‍चालन हुने बताए । देशभरका स्थानीय सरकार तथा विभिन्‍न संघ-संस्थालाई यो अभियानमा सहकार्य गर्न आव्हान समेत गरे। मानव सेवाको लागि प्रयोगमा नआएका कपडालाई पुनः प्रयोग भन्‍ने मुल नाराका साथ नितान्त मानवीय सेवाभावले स्थापना गरिएको बैंकबाट अधिकत्तम सेवा लिन समेत उहाले आग्रह गर्नुभयो ।

फागुन ०५ गते लुम्बिनी प्रदेशको बुटवल उपमहानगरपालिकाबाट यो अभियानको औपचारिक सुभारम्भ भइ हालसम्म काठमाडौंको टाेखा नगरपालिका र रुपन्देहीको कन्चन गाउपालिकामा पनि कपडा बैंकको औपचारिक सुभारम्भ भैसकेको छ साथै देशका विभिन्‍न उपयुक्त स्थानमा संकलन बक्स राखिने र संकलित कपडाहरूलाई पुनः प्रशोधन मार्फत आवश्यकताका आधारमा वितरण गरिनेछ ।

क्लोथ एण्ड फूड बैंक नेपालले आगामी दुइ बर्षमा देशलाइ कपडामुक्त बनाउने र २०८२ सम्ममा देशैभर फूड एम्बुलेन्स समेत संचालन गर्ने योजना बनाएको छ । अहिले सम्म १५४ स्थानिय सरकार यो अभियानमा जोडिएको अध्यक्ष कमल जि.सीले जानकारी दिनुभयो । सुभारम्भ कार्यक्रम राजीव गौतमको स्वागत र संचारकर्मि आविष्कार खनालको संचालनमा सम्पन्न भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।