उदयपुरबाट लागुऔषध सहित १ जना पक्राउ

बिराटनगर, फागुन २९ । उदयपुरको त्रियुगा नगरपालिका- ११ बाट पिपलचोकबाट प्रतिबन्धित औषधी सहति १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमवार दिउँसो जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले ना.२६ प ८३७५ नम्बरको स्कुटरको डिकि भित्र लुकाईछिपाई ल्याउदै गरेको अवस्थामा फेनार्गन, डाईजेपाम र आईपिल गरी जम्मा ४४ एम्पुल औषधी फेला पारी स्कुटर चालक स्थानीय २३ बर्षीय पासाङ तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका तामाङको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

त्यस्तै सुनसरीको देवानगंज गाउँपालिका- ५ स्थित मकैबारीमा अवैध गाँजा लुकाई छिपाई राखेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय साहेबगंजबाट खटिएको प्रहरी टोलीले उक्त स्थानबाट (४ बोरा) ९८ के.जी. अवैध गाँजा फेला पारी बरामद गरेको र घटना सो सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।